Ad Area

रनिङ शिल्डको उपाधि अमृत एकेडेमीलाई


दाङ,२९ मंसिर । ज्ञानज्योती फाउन्डेसन प्रथम रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि अमृत एकेडेमी तुलसीपुरले जितेको छ । आदर्श स्मार्ट एकेडेमी तुलसीपुर–६ को आयोजना तथा ज्ञानज्योती फाउन्डेसनको सहकार्यमा संचालित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कास्य पदक हात पार्दै अमृत एकेडेमी तुलसीपुर–१९ ले उपाधी जितेको हो ।

त्यस्तै ३ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको पिएनके पाठशाला तुलसीपुर १ ले द्वितिय स्थान हात पार्दा पब्लिक ज्ञानज्योती तुलसीपुर बम्मै २ स्वर्ण,३ रजत पदकसहित तृतीय भएको छ । तीन दिन संचालित प्रतियोगितामा फाउन्डेसनभित्रका ६ विद्यालयको सहभागिता रहेको थियो ।

यसैबिच आयोजक बिधालय आदर्श स्मार्ट एकेडेमी तुलसीपुरका प्रिन्सिपल बसन्त टण्डनको अध्यक्षता तथा दाङ जिल्ला एथलेटिक्स संघका सचिव लक्ष्मण बस्नेतको प्रमुख आतिथ्य एवं ज्ञानदिप कलेज तुलसीपुरका सहायक प्रधानाध्यापक मनोज केसीको विशिष्ट आतिथ्यमा भएको समापन समरोहमा बिजेता बिद्यालय य तथा खेलाडीहरुलाई शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन आदर्श स्मार्ट एकेडेमीका शिक्षिका यमुना अधिकारी र खेल संयोजक सुरज वलीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad