Ad Area

लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट टिम घोषणा


दाङ,३० मंसिर । दाङकी सरस्वती घर्तीमगरको कप्तानीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता–२०८० का लागि लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट टिम घोषणा भएको छ ।

दाङको घोराहीमा मंसिर २५ देखि २९ गतेसम्म भएको लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगितामामा खेलाडीहरुले गरेको खेल प्रदर्शनका आधारमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका लागि सरस्वती घर्तीमगरको कप्तानीमा १४ सदस्यीय लुम्बिनी प्रदेशस्तरीय महिला टिम घोषणा भएको हो ।

टिमको उपकप्तानमा रुपन्देहीकी कृतिका मरासिनी चयन भएकी छिन । त्यसैगरी सदस्यहरुमा दाङका लक्ष्मी चौधरी, मधु डिसी, शर्मिला रोका, कमला जिएम, रुपन्देहीका सुस्मिता भुसाल, आश्मा पुलामी, कृति अधिकारी, बाँकेकी रन्जु श्रेष्ठ, सुस्मिता बजगाइँ, चमेली चौधरी, मनिषा रानामगर र नवलपरासी जिल्ला निवासी सरस्वती पुन रहेको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव एवम् खेलाडी छनोट समिति संयोजक कैलाश रोकामगरले जानकारी दिएका छन् ।

संयोजक रोकामगरका अनुसार वैकल्पिक खेलाडीका रुपमा नवलपरासीकी साक्षी भण्डारी, बर्दियाकी दीपा कुँवर, बाँकेकी जिज्ञासा थापा र स्वस्तिका बजगाइँ रहेका छन् । प्रदेशस्तरीय महिला टिममा दाङबाट पाँच जना, रुपन्देहीबाट ४ जना, बाँकेबाट ४ जना र नवलपरासीबाट एक जना खेलाडी सहभागी भएका छन् ।

दाङसहित ६ जिल्लाका खेलाडीहरुको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव एवम् खेलाडी छनोट समिति संयोजक रोकामगरले बताएका छन् । उनका अनुसार प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुस ५ गतेदेखि १८ गतेसम्म काठमाडौस्थित कीर्तिपुर र मुलपानीमा रंगशालामा हुने भएका छन् । उक्त प्रतियोगितामा सात प्रदेशसँगै सशस्त्र प्रहरीको विभागीय टिम सहभागी हुनेछ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad