Ad Area

नेपाल मगर संघले लुम्बिनी प्रदेशमा जनसभा गर्ने


घोराही, ५ पुस । नेपाल मगर संघले लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा कार्यान्वयन गराउनुपर्ने भन्दै दवाफमुलक जनसभा गर्ने भएको छ ।

नेपाल मगर संघ दाङले विहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लुम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती गाउँपालिका–३ मसुरियामा यहि पुसको ७ गते बृहत मगर जनसभा गर्न थालेको जानकारी दिएको हो । संविधानबाट प्राप्त उपलव्धीहरुको रक्षा गर्दै भाषिक तथा साँस्कृतिक र राजनैतिक अधिकार प्राप्तिका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यता एवं सभाुमुख तुलाराम घर्तीमगरको विशिष्ट आतिथ्यतमा बृहत मगर जनसभा गर्न थालेको नेपाल मगर संघका महासचिव टेकबहादुर नामजालीमगरले जानकारी दिएका छन् ।

उनका अनुसार जनदवाफमुलक रुपमा आयोजना गर्न थालिको कार्यक्रममा सात वटै प्रदेशबाट प्रतिनिधिहरुसँगै लुम्निबी प्रदेशका १२ वटै जिल्लाहरुबाट मगर तथा थारु समुदायको सहभागीता रहने महासचिव नामजालीमगरले जानकारी दिएका छन् । ‘लुम्बिनी प्रदेशमा मगर तथा थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा मान्यता दिनुपर्छ भन्ने हाम्रो माग छ । त्यसका लागि जनदवाफ सिर्जना गर्न जनसभा गर्न थालेका हौ’,महासचिव नामजालीमगरले भने,‘यो दवाफमुलक जनसभामा मगर समुदायसँगै थारु समुदायको पनि साथ रहेछ ।’ त्यसका लागि थारु कल्याणकारिणीसभासँग छलफल भइरहेको समेत उनले बताएका छन् ।

राप्ती गाउँपालिकाका विभिन्न ठाउँबाट साँस्कृतिक पहिचान झल्कने ¥यालीसहित मसुरियामा पुगेर सभामा परिणत हुनेछ । नेपाल मगर संघ दाङका कार्यबाहक अध्यक्ष मुक्त बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, निवर्तमान अध्यक्ष सविन प्रियासनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad