Ad Area

रेफ्री उत्पादनका लागि बुद्धिचाल खेलको प्रदेशस्तरीय प्रशिक्षण सुरु


घोराही, ५ पुस । बुद्धिचाल खेलका रेफ्री उत्पादन गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम दाङको घोराहीमा सुरु भएको छ । दाङ जिल्ला बुद्धिचाल संघको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रममा लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ७० बढी खेलाडीको सहभागीता रहेको छ ।

खेललाई बृहत्तर रुपमा अघि बढाउनका लागि प्रशिक्षकको आवश्यक पर्ने भएकाले लुम्बिनी र कर्णाली प्रदेशका खेलाडीलाई समेटेर दाङको घोराहीमा प्रदेशस्तरीय रेफ्री प्रशिक्षण कार्यक्रम सुरु गरिएको दाङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिल शेर्पालीले जानकारी दिएका छन् । शुक्रवारसम्म चल्ने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले बहुआमिक खेल बुद्धिचालले बौद्धिक अभ्याससँगै नेतृत्वदायी भूमिकामा पु¥याउन सहयोग गर्ने बताएका थिए ।

शारिरीक अभ्यास नहुने तर बौद्धिक अभ्यास गर्नुपर्ने बुद्धिचाल खेलले मानिसहरुमा एकाग्रता कायम गरेर बौद्धिक विकासमा सहयोग पुग्ने बताए । अर्थमन्त्री मास्कीले भने,‘बुद्धिचाल बहुआयामिक खेल हो । यो खेलले बौद्धिक एक्ससाइका साथै मानिसलाई एकाग्रता कायम गर्न भूमिका खेल्ने गर्छ ।’ मन्त्री मास्कीले शारिरीक तथा मानसिक रुपमा तन्दुरुष्ट राख्न सहयोग पुग्ने भएकाले लुम्बिनी प्रदेश सरकारले खेललाई प्राथमिकता दिएको बताए । उनले खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रदेश सरकारले यो बर्ष ६ करोड रुपैया छुट्याएको बताउँदै आगामी दिनहरुमा बजेटलाई बढाउँदै लैजाने समेत बताएका थिए ।

कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धर्मबहादुर लामाले मानसिक स्वस्थ्य र बौद्धिक ज्ञान बढाउनका लागि बुद्धिचाल खेलको विकास गर्न आवश्यक रहेको बताएका थिए । बुद्धिचाल खेलको महत्वलाई बुझेर बुद्धिचाल महासंघले प्याव्सनसँगको समन्वयमा बागमति प्रदेशका निजी विद्यालयहरुमा खेललाई समावेश गरेको भन्दै आगामी दिनहरुमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा कोशी र मधेश प्रदेशलाई समेटेर विद्यार्थी लक्षित कार्यक्रम सुरु गर्न थालेको बताए ।

दाङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिल शेर्पालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा दाङ जिल्ला बुद्धिचाल संघका सल्लाहकार सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङ शाखाका कार्यसमिति सदस्य गिरिराज नेपालीलगायतले प्रतियोगितामा मन्तव्य व्यक्त गरेका थिए । दाङ जिल्ला बुद्धिचाल संघका उपाध्यक्ष दिपेश शाहीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव प्रेम सारु मगरले गरेका थिए । प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा बुद्धिचाल खेलका अन्तराष्ट्रिय प्रशिक्षक मोनालिसा खम्बु र सहायक प्रशिक्षकमा अनिल शेर्पाली रहेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad