Ad Area

प्रधानमन्त्री कप महिला क्रिकेट, लुम्बिनी प्रदेशको बिजयी सुरुवात


दाङ,५ पुस । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बिजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । गण्डकी प्रदेशको समूहले प्रस्तुत गरेको १ सय ३ रनको लक्ष्य लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ४२ रन र कप्तान सरस्वती घर्ती मगरले १२ रन बनाउन सफल भएका थिए । गण्डकीका लागि शृष्टि जैसीले दुई तथा कुशुम गोदार र सुमन खतिवडाले समान एक विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय २ रन बनाउन सफल भएको थियो । गण्डकीका लागि सुमन खतिवडाले अविजित ३३, अञ्जली विश्वकर्माले ३० र सृजना पौडेलले १९ रन बनाएका थिए । लुम्बिनीका लागि मधु डिसी, सरस्वती पुन र कमला घर्ती मगरले समान एक विकेट लिए ।

Blog Post Ad Blog Post Ad