Ad Area

दाङ जिल्ला इन्टर स्कुल फुटबल प्रतियोगिता हुने


दाङ, ६ पुस । ‘दाङ जिल्ला इन्टर स्कुल फुटबल प्रतियोगिता २०८०’ हुने भएको छ । जिल्लास्तरमा नयाँ खेलाडीको पहिचान र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘दाङ जिल्ला इन्टर स्कुल फुटबल प्रतियोगिता–२०८०’ हुने लागेको हो ।

लुम्बिनी फुटबल एकेडेमीको आयोजना तथा दाङ जिल्ला फुटबल संघको समन्वय र न्यू स्टार फुटबल एकेडेमीको व्यवस्थापनमा दाङ जिल्ला इन्टर स्कुल फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने लुम्बिनी फुटबल प्रशिक्षण केन्द्रका सञ्चालक समिर वलीले जानकारी दिएका छन् ।

सञ्चालक वलीका अनुसार उपविजेता टिमले नगद २० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीको सहभागितामा हुन लागेको प्रतियोगितामा उत्कृष्ट क्षमता प्रदर्शन गर्ने केही खेलाडीलाई घोराहीमा रहेको लुम्बिनी फुटबल एकेडेमीमा आवासीयसहित प्रशिक्षणको व्यवस्था गरिने लुम्बिनी फुटबल प्रशिक्षण केन्द्रका सञ्चालक वलीले बताए ।

‘जिल्लामा स्कुल स्तरबाटै खेल क्षेत्रको विकास र खेलाडी पहिचान गर्ने उद्देश्यले इन्टर स्कुल फुटबल प्रतियोगिताको आयोजना गर्न लागेका छौँ’, लुम्बिनी फुटबल प्रशिक्षण केन्द्रका सञ्चालक वलीले भने, ‘प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पूर्ण छात्रवृत्तिमा प्रशिक्षणको समेत व्यवस्था गर्ने छौँ ।’

प्रतियोगिता यही पुसको १२ गतेदेखि तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डी स्थित रंगशालामा हुने भएको छ । प्रतियोगितामा सहभागिताका लागि जिल्लामा प्याब्सन र एनप्याब्सनमा आबद्ध सम्पूर्ण विद्यालयसँगै समुदायिक विद्यालयलाई समेत पत्राचार गरिएको आयोजक लुम्बिनी फुटबल एकेडेमीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad