Ad Area

तेक्वान्दो संघ दाङको २३ औं वार्षिक साधारणसभा सम्पन्न


दाङ, ६ पुस । तेक्वान्दो संघ दाङको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । तेक्वान्दो संघ दाङका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष जीतबहादुर केसीको प्रमुख आतिथ्य एव दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शान्ति सोमई थापाको विशिष्ट आतिथ्यमा शुक्रवार बेलझुण्डीमा वार्षिक साधारणसभा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि केसीले खेल अनुशासन पालना गर्दै खेललाई राष्ट्र निर्माणमा लगाउनुपर्ने बताए । उनले खेल क्षेत्रमा पनि थुप्रै नियम र प्रविधि भित्रिने क्रम रहेकाले यस बारेमा खेलाडी तथा रेफ्रीहरु सचेत हुनुपर्ने बताए । विशिष्ट अतिथि थापाले जिल्लामा रहेको तेक्वान्दो संघले खेल क्षेत्रको संस्थागत विकासमा थुप्रै राम्रा कामको थालनी गरेको बताएका थिए ।

दक्ष खेलाडी उत्पादनदेखि तेक्वान्दो खेलको विकासमा अहिलेको नेतृत्वबाट भई रहेको मेहनतको सकारात्मक प्रतिफल देखिन थालेको भन्दै प्रशंसा गरेका थिए । सचिव बमबहादुर बिकले प्रस्तुत गरेको वार्षिक कार्य प्रगति विवरण र कोषाध्यक्ष सुरज केसीले प्रस्तुत गरेका थिए ।

साधारणसभामा जिल्ला अध्यक्ष अधिकारीले तेक्वान्दो संघको संस्थागत विकासका लागि निकै मेहनत गरेका थिए । हाल तेक्वान्दो संघले पूर्वाधार विकाससँगै संस्थाको आन्तरिक व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउँदै लगेको जानकारी दिएका छन् ।  साधारण सभाले तिलक पुन र यशाेधा नेपालीलाई  सदस्य पदमा मनोनित गरेको छ ।

तेक्वान्दो संघमा हाल ४५ बढी डोजाङ आवद्ध भएका छन् । जसमार्फत हजारौँ खेलाडीले खेल प्रशिक्षण लिईरहेका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad