Ad Area

हाजिरीजवाफ प्रतियोगितामा हाम्रो पहुँच स्कुल तेस्रो 


दाङ, ६ पुस । नेशनल प्याव्सन तुलसीपुरले आधारभूत विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता गरेको छ । प्याब्सनले तुलसीपुर-७ मा रहेको हाम्रो पहुँच सेकेण्डरी स्कुलमा हाजिरी जवाफ प्रतियोगिता गरेको हो ।

प्याव्सन तुलसीपुरका अध्यक्ष गिरीराज डाँगीको अध्यक्षता तथा प्याव्सन दाङका अध्यक्ष मधुसुधन केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । हाजिरीजवाफ प्रतियोगितामा बोल्दै प्याव्सन तुलसीपुरका अध्यक्ष गिरीले यस्ता खालको कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले विद्यार्थीले किताबी ज्ञानमात्रै नभएर अतिरिक्त क्रियाकलापमा पनि लाग्नुपर्नेमा जोड दिए।

प्रमुख अतिथि केसीले विद्यार्थीलाई थप ज्ञान दिनको लागि प्याव्सन दाङले सम्पूणर् विद्यालयका विद्यार्थीहरुलाई अवसर दिने बताए । प्याव्सन दाङले पहिलेदेखि नै यस्ता खालको कार्यक्रम गर्नको लागि क्यालेण्डरमा समेत राखेको बताए।

 यस्तै प्याव्सन दाङका सहसचिव तथा हाम्रो पहुँच माविका प्रधानाध्यापक डिआर भण्डारीले यस्तो कार्यक्रमले विद्यार्थीलाई पढाईसंगै बाहिरी ज्ञान सिक्ने अवसर मिल्ने बताए । प्याव्सन दाङले हाम्रो पहुँच स्कुलमा यो कार्यक्रम गरेकोप्रति खुसी व्यक्त गदै उनले आगामि दिनहरुमा पनि यस्ता खालमा कार्यक्रमहरु गर्न आवश्यक रहेकोमा जोड दिए  ।

हाजिरीजवाफ प्रतियोगितामा तुलसीपुरका २० वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा अमर माद्यमिक विद्यालय कालाखोला प्रथम, तुलसी आवासीय विद्यालय दोस्रो, हाम्रो पहुँच सेकेण्डरी स्कुल तेस्रो र फोर्टिनाईन माद्यमिक विद्यालय  सान्त्वना भएको हाम्रो पहुँच सेकेण्डरी स्कुलका शिक्षक घनश्याम वलीले बताए ।कार्यक्रमको सहजिकरण प्याव्सन तुलसीपुरका सचिव विष्णु योगी र तुलसीपुर नगर प्याव्सनमा सदस्य युवराज डाँगीले गरेका थिए  ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad