Ad Area

वडा अध्यक्ष कपको उपाधि हापुर युथ क्लबलाई 


दाङ,६ पुस । घोराही उपमहानगरपालिका-१२भएको वडा अध्यक्ष कपको उपाधि हापुर युथ क्लबले जितेको छ ।

प्रतियोगिताको फाइनल खेलमा गुर्जे फुटबल क्लवलाई ३-० गोलले पराजित गर्दै हापुर युथ क्लव पतेनीले उपाधि जितेको हो। फाइनल खेलमा हापुर युथ क्लवको तर्फबाट बिनोद बिक, झुपाल नेपाली र नवीन बुढाले गोल गरेका थिए ।

प्रतियोगितामा सर्बाधिक गोलकर्ता हापुर युथ क्लवका नवीन बुढा, उत्कृष्ट खेलाडी हापुर युथ क्ल्बका झुपाल नेपाली , उत्कृष्ट मिडफिल्डर अटल युबा क्लवका बिबश ओली , उदयमान खेलाडी फुटबल क्लव गुर्जेका दिनेश चौधरी , उत्कृष्ट फर्वाड राइजिङ स्टार क्ल्बका रन्जित रावत र उत्कृष्ट डिफेन्स राइजिङ स्टारकै बिशान्त नेपाली भएका थिए । बिजेता उपबिजेता टिमहरुले नगद पुरस्कारसहित कप मेडल प्रमाणपत्र प्राप्त प्रदान गरिएको थियो  ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु घोराही मेयर कपको लागि घोराही १२ को वडा टिममा छनोट हुने एन्फा रेफ्री बिनोद बिकले जानकारी दिए । समापन कार्यक्रम घोराही १२ का खेल सम्योजक तथा वडा सदस्य बुद्धिराम शर्माको सभापतित्वमा र वडा अध्यक्ष दोर्ण बहकरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रतियोगिता २०८० पुस ३ गतेदेखि सन्चालन भएको थियोे ।

Blog Post Ad Blog Post Ad