Ad Area

हिमालयन लाइफ कर्मचारी संघ लुम्बिनी प्रदेश अध्यक्षमा कमल पाण्डे


दाङ, ७ पुस ।

हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ लुम्बिनी प्रदेश अध्यक्षमा कमल प्रसाद पाण्डे निर्वार्चित भएका छन् । संघका केन्द्रीय अध्यक्ष हरि बहादुर खड्काको अध्यक्षता तथा नेपाल वीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाको प्रमुख आतिथ्यता र हिमालयन लाइफ ईन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख बुद्ध बहादुर सूर्यबंशीको बिशिष्ट आतिथ्यतामा शनिवार दाङको लमहीमा भएको भेलाले बुटवलका पाण्डेयको अध्यक्षतामा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको हो ।

संघको उपाध्यक्षमा बाँकेकी अमृता शाही, सचिवमा बुटवलका प्रेम न्यौपाने, सहसचिवमा बाँकेका हिरालाल राना, कोषाध्यक्षमा लमहीकी गिता खनाललाई चयन गरिएको छ । सदस्यहरुमा राम कुमार चौधरी, तोरण रोका, मुना भुषाल, शिवनाथ गुप्ता, सन्तोष बस्नेत र भानुभक्त सन्यासी छन् ।

भेलामा हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रुद्रमान तामाङ घिसिङ, कोषाध्यक्ष सुभाष पौडेल, सदस्य मुना पुन, लालजीत खड्का, रुकमान रोका क्षेत्रीको सहभागिता थियो । यस्तै हिमालयन लाइफ इन्स्योरेन्सका उपप्रादेशिक प्रमुख, शाखा प्रमुख तथा कर्मचारीहरु सहभागि थिए ।

Blog Post Ad Blog Post Ad