Ad Area

बबईलाई खेलकुदमय बनाउँछौ : अध्यक्ष खत्री


लक्ष्मण बस्नेत
दाङ, ७ पुस । दाङको हापुरेमा शनिवारदेखि बबई अन्तर पालिकास्तरिय महिला तथा पुरुष कवड्डी प्रतियोगिता–२०८० सुरु भएको छ । बबई गाउँपालिका शिक्षा, युवा तथा खेलकुद परिषदको आयोजना एवं दाङ जिल्ला कवड्डी संघको प्राबिधिक सहयोगमा संचालित प्रतियोगिताको उद्घाटन गर्दै बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले बबईलाई खेलकुदमय बनाउने बताएका हुन ।

बबई गाउँपालिकालाई खेलकुदको हवको रुपमा बिकास गर्न आफू लागि परेको भन्दै उनले त्यसका लागि पूर्वाधार विकास गरिरहेको बताएका थिए । ‘खेल बिकासको पहिलो आधार भनेको पूर्वाधार विकास हो । पूर्वाधार बिकास र खेल गतिबिधिलाई नितिगत रुपमै अगाडि बढाएका छौ’,अध्यक्ष खत्रीले भने,‘पूर्वाधार विकाससँगै खेलका गतिविधिलाई बढाउन सके खेलकुदको हव बनाउन सक्छौ ।’

स्थानीयस्तरबाटै खेल विकासको स्पष्ट खाँका कोर्ने लक्ष्य उदेश्यले गाउँपालिकाभित्र क्रिकेट रंगशाला निर्माण कार्यलाई गाउँपालिकाको पहिलो प्राथमिकता दिइएको बताए । उनले गाँउपालिकाको नीति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिएको र पालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय उच्च प्राथमिकतामा रहेको बताए ।बबई गाउँपालिका सामाजिक बिकास समितिका संयोजक टेकबहादुर वलीको अध्यक्षता तथा पालिका अध्यक्ष कुलबहादुर खत्रीको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश कवड्डी संघका अध्यक्ष जनार्दन खत्री र दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्यको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

लुम्बिनी प्रदेश कवड्डी संघका सदस्य टोपेन्द्र थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला कवड्डी संघका सचिव शशीराम वलीले गरेका थिए । यसैविच प्रतियोगिता अन्तरगत शनिवार भएको खेलमा पुरुषतर्फ राप्ती गाउँपालिका र बबई गाउँपालिका बिजयी भएका छन् भने महिलातर्फ बबई र शान्तिनगर बिजयी भएका छन् । प्रतियोगितामा आईतवार तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाबिच पहिलो खेल हुनेछ । खेल आठ बजेबाट सुरु हुनेछ ।

कवड्डी खेलको बिकास र बिस्तार संगै नवप्रतिभावन खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको पुरुष तथा महिला तर्फको बिजेताले नगद तिसरतिस हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेताले नगद १५÷१५ हजारसहित ट्रफी, मेडल प्रमाणपत्र हात पार्दा तृतीय स्थान प्राप्त गर्ने टिमले ट्रफी, मेडल, प्रमाणपत्र मात्र हात पार्ने दाङ जिल्ला कवड्डी संघका अध्यक्ष कुल बहादुर डागीले जानकारी दिएका छन् । त्यस्तै प्रतियोगितामा महिला तथा पुरुष एक÷एक जना सर्बोउत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगितामा जिल्लाका दस पालिका मध्य पुरुष तर्फ ७ र महिला तर्फ ६ पालिकाको सहभागिता रहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad