Ad Area

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको समूह बिजयी


हिमाल महरा
दाङ,७ पुस । फ्रेन्ड्स वेल फेयर फण्ड घोराहीको तेस्रो साधारणसभाको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पूर्ण भएको छ । साधारणसभाका अवसरमा फ्रेन्ड्स वेल फेयर फण्ड र नेपाल पत्रकार महासंघ दाङ शाखाकाविच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा पत्रकारको समूह २–३ गोल अन्तरले बिजयी भएको हो ।

पत्रकार महासंघको समूहलाई विजयी बनाउन सुप्रिम प्रियासनले दुई र सुशील चौधरीले एक गोल गरेका थिए । फ्रेन्ड्स वेल फेयर फण्डका तर्फबाट पुरन सोतीमगर र बिरेन्द्र चौधरीले एक–एक गोल गरेका थिए ।

फ्रेन्ड्स वेल फेयर फण्ड घोराहीका अध्यक्ष नवीन वलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा सल्लाहकार एवं पूर्व अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आर.के.शीतलको बिशिष्ट आतिथ्यतमा प्रतियोगिता भएको थियो । मन्तव्य व्यक्त गर्ने बक्ताहरुले फ्रेन्ड्स वेल फेयर फण्डलाई आगामी दिनहरुमा पनि सामाजिक कार्यहरुलाई अघि बढाउन अनुरोध गरेका थिए ।

फ्रेन्ड्स वेल फेयर फण्डले साधारणसभाका अवसरमा प्रत्येक बर्ष विभिन्न रचनात्मक कार्यसँगै खेलकुदका कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रमको सहजीकरण सहसचिव गणेश पौडेल गरेका थिए ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad