Ad Area

त्रिभुवननगर जेसीजमा पदहस्तान्तरण


 

दाङ,१५ पुस । त्रिभुवननगर जेसीज सन २०२४ का लागि निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । त्रिभुवननगर जेसीजको ३९ औं पदहस्तान्तरण कार्यक्रमको आयोजना गरेर पदहस्तान्तरण गरिएको हो ।

त्रिभुवननगर जेसीज सन २०२३ का अध्यक्ष कुलबहादुर वलीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा त्रिुभवननगर जेसीजको सन २०२४ का लागि निर्वाचित अध्यक्ष रविकिरण केसीलगायतको नयाँ कार्यसमितले पदभार ग्रहण गरेको हो । त्रिभुवननगरको बिधान अनुसार दुई कार्यकारिणी उपाध्यक्ष, चार उपाध्यक्ष र सचिव निर्वाचित र बाँकी अन्य पदहरुमा नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने कानुनी व्यवस्था छ ।

जसअन्तर्गत त्रिभुवननगर जेसीजको कार्यकारिणी उपाध्यक्षहरुमा रोशन दाहाल र प्रेमलाल न्यौपाने, उपाध्यक्षहरुमा मिनेश श्रेष्ठ,राजन घर्ती,कमल शर्मा र हिमाल पौडेल र सचिवमा महेश खनाल, महासचिव रमेश घिमिरे, कोषाध्यक्ष समिर केसी, कानुनी सल्लाहकारमा प्रेमप्रकाश डिसी र जनसम्पर्क अधिकारी संयोजकमा महेश गुप्ता, शाखा सम्पादक रोमन अधिकारी, तालिम निर्देशक बिमल खड्का, दीगो विकास लक्ष्य संयोजक महेश बस्नेत, राप्ती पर्यटन सूचना केन्द्र संयोजक अभिषेक बोहरा, खेलकुद संयोजक आयुष डाँगी, प्रकरण निर्देशक चूडामणि पाण्डे ‘बाबुराम’ अध्यक्षीय प्रमुख कार्यकारी सहायक भरत पौडेल, शिक्षा संयोजक विवेक देवकोटा, स्वास्थ्य संयोजक दीपक कालाथोकी, भगिनी शाखा संयोजक हिमालजंग वली, जग्गा भवन तथा कोष बृद्धि सभापति खेमराज भण्डारी, सूचना प्रविधि संयोजक रणबहादुर खड्का र सदस्यता बृद्धि सभापति भूपेन्द्र वली रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि खनालले युवाहरुको नेतृत्व र क्षमता विकाससँगै सामाजिक क्षेत्रमा सक्रिय त्रिभवुननगर जेसीजले गरेका कामको प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसीज सन २०२३ का महासचिव किरण गौतमले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad