Ad Area

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता, समुह ‘बी’का खेलहरु लमहीमा हुने


दाङ,१७ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’का खेलहरु लमहीस्थीत देउखुरी क्रिकेट मैदानमा हुने भएका छन् ।

रुपन्देहीस्थीत सिद्धार्थ क्रिकेट रंगशालामा यही पुसको २७ गतेदेखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८० अन्तरर्गत लिग चरणका दश खेलहरु हुने र त्यसको तयारी गर्नुपर्ने भएका कारण प्रदेशस्तरीय छनोट चरणका समहु ‘बी’ का खेलहरु लमहीस्थीत देउखुरी क्रिकेट मैदानमा हुने भएका छन् ।प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका अन्य खेलहरु भने काठमाडौंमा हुने छन् ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी गर्नुपर्ने भएकाले लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’का खेलहरु लमहीस्थीत देउखुरी क्रिकेट मैदानमा हुने भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगरले जानकारी दिएका छन् । प्रतियोगिताअन्तर्गतका खेलहरु पुसको २२ गतेसम्म चल्नेछन् ।

लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव रोकामगरका अनुसार समुह ‘बी’ मा दाङ, बाँके र बर्दिया रहेका छन् । बुधवार विहान दश बजेदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिताका खेलहरु हुने भएका छन् । जसअन्तरगत पहिलो खेल बाँके र बर्दियाका बिच हुने भएको छ ।

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट छनोट प्रतियोगितामा दाङसहित रुपन्देही, बाँके, नवलपरासी, पाल्पा, कपिलबस्तु र बर्दिया जिल्लाका खेलाडीहरुको सहभागीता रहेको छ । जसअन्तर्गत समूह ‘ए’ मा पाल्पा, नवलपरासी, रुपन्देही र कपिलबस्तु रहेका छन् भने समुह ‘बी’ दाङ, बाँके र बर्दिया रहेका छन् । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता पुसको १२ गतेदेखि रुपन्देहीको सिद्धार्थ क्रिकेट रंशगलामा सुरु भएका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad