Ad Area

दाङ–काठमाडौं दिवा एसी बस सेवा सुभारम्भ


शरद रेग्मी
दाङ, १७ पुस । राप्ती यातायात सेवा प्रालिद्वारा एसीसहितकास्तरीय दिवा बस सेवा सुरु गरेको छ।

मंगलबार एक कार्यक्रमकाबिच प्रालिका अध्यक्ष सुरेश हमालले रिवन काटेर एकै साथ चारवटा दाङ–काठमाण्डौ दिवा बसको शुभारम्भ गरेका हुन । डिलक्स र आरामदायी सिटहरु रहेका बसहरुमा यात्रा गर्दा चिसो मौसममा हिटर र गर्मी समयमा एसीको सुविधा रहेको छ ।

यसअघि स्तरीय एसी र डिलक्ससहितका रात्री बस सेवा सुरु गरेको प्रालीले यात्रुहरुको माग र सुबिधाका लागि दिवा बस सेवा सुरु गरेको अध्यक्ष हमालले जानकारी दिएका छन् ।

यस क्षेत्रको सबैभन्दा पुरानो र स्थापीत तत्कालिन राप्ती समिति रुपान्त्रण हुदै प्रालिसम्म आईपुग्दा आफ्ना सेवाहरुपनि बिस्तार गर्दै आएको अध्यक्ष हमालले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad