Ad Area

घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने


घोराही, १८ पुस । थारु समुदायको कला संस्कृति प्रबर्द्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव हुने भएको छ ।

थारु कल्याणकारिणी सभा दाङको आयोजना तथा मटाँवा महासघ दाङ, थारु पत्रकार संघ दाङ, राष्ट्रिय थारु कलाकार मञ्च दाङ, थारु विद्यार्थी समाज दाङ, ख्याल बगाललगायतका विभिन्न संघसस्थाको समन्वयमा यहि पुसको २० र २१ गते महोत्सवको आयोजना गर्न लागिएको हो ।

थारु भाषा, कला, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले माघ साँस्कृतिक महोत्सव आयोजना गर्न थालिएको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक अशोक चौधरीले जानकारी दिएका छन् ।

महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकारहरु राखिने भएको उनले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला समन्वय समिति दाङको सहिद मञ्चमा माघ महोत्सव गर्न थालिएको हो । थारु कल्याणकारिणीसभा दाङले प्रत्येक बर्ष माघीका अवसरमा घोराहीमा महोत्सवको आयोजना गर्दै आएको छ ।