Ad Area

इन्टर स्कुलको फाइनलमा पुलिस बोर्डिङ स्कुल र जनज्योती भिड्ने


दाङ, १८ पुस । दाङ जिल्ला इन्टर स्कुल फुटबल प्रतियोगिता २०८० को फाइनलमा घोराहीको नेपाल पुलिस बोर्डिङ स्कुल र जनज्योती विद्यामन्दिर भिड्ने भएका छन् ।

बुधवार भएका सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल घोराहीले शान्तिदीप स्कुल तुलसीपुरलाई र जनज्योती विद्यामिन्दरले आइडल बोर्डिङ स्कुललाई हराउँदै फाइनलमा भेट पक्का गरेका हुन ।
तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थीत रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा पुलिस बोर्डिङ स्कुलले १ का विरुद्ध ३ गोलले शान्तिदीप स्कुल तुुलसीपुरलाई हराउँदै फाइनलमा पुग्न सफल भएको होे ।

त्यसैगरी दोश्रो सेमिफाइनल खेलमा जनज्योति विद्यामन्दिर घोराहीले आइडल बोर्डिङ स्कुललाई हराउँदै फाइनल पुग्न सफल भएको थियो। निर्धारित समयमा दुवै विद्यालयकातर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउनमा गएको थियो ।

पेनाल्टीमा जनज्योती विद्यामन्दिरले ८ का विरुद्ध ९ गोल गर्दै नेपाल प्रहरी बोर्डिङ स्कुलसँगको भेट पक्का गरेको हो । प्रतियोगिताको फाइनल खेल भोली विहीवार दिउँसा १ बजेदेखि सुरु हुनेभएको छ ।

जिल्लास्तरमा नयाँ खेलाडीको पहिचान र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको दाङ जिल्ला इन्टर स्कुल फुटबल प्रतियोगिता–२०८०मा घोराही र तुलसीपुरका ४२ वटा विद्यालयहरुको सहभागीता रहेको लुम्बिनी फुटबल प्रशिक्षण केन्द्रका सञ्चालक समिर वलीले जानकारी दिएका छन् ।

प्रतियोगिता लुम्बिनी फुटबल एकेडेमीको आयोजना तथा दाङ जिल्ला फुटबल संघको समन्वय र न्यू स्टार फुटबल एकेडेमीको व्यवस्थापनमा पुसको १२ गतेदेखि सुरु भएको थियो । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजारसहित कप, मेडल र प्रमाणपत्र र उपविजेता टिमले नगद २० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad