Ad Area

मेयर कप फुटबल प्रतियोगिता : वडा नं. ६ र १७ बिजयी, ५ र १६ बराबरी


घोराही, २२ पुस । घोराही जारी छैठौ संस्करणको मेयर कप फुटबलको तेश्रो दिन आइतवार भएका खेलहरुमा वडा नं. ६ र १७ विजयी भएका छन् भने वडा नं. ५ र १६ ले बराबरी खेलेका छन् ।

घोराही उपमहानगरपालिका–१८ नवलपुर फुटबल मैदानमा भएको पहिलो खेलमा वडा नं. ६ बिजयी भएको छ । वडा नं. ९ लाई ३–० गोलले पराजित गर्दै वडा नं. ६ ले प्रतियोगितामा जित निकाल्न सफल भएको हो । ६ का लागि रुपेश घर्तीले २ र सुरेन्द्र भण्डारी १ गोल गर्दै प्रतियोगितामा टिमका लागि ३ अंक जोड्न सफल भए ।

त्यसैगरी दोश्रो खेलमा डा नं. १७ ले जीत निकाल्न सफल भएको छ । वडा नं. १९ को टिमलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा जित निकाल्दै ३ अंक जोड्न सफल भएको हो । वडा नं. १७ को जीतका लागि खेलाडीहरु हेमन्त बिक र युवराज रानामगरले १–१ गोल गरेका थिए ।

आइतवार भएको तेश्रो अन्तिम खेलमा वडा नं. ५ र वडा नं. १६ बराबरी खेल्दै ले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पहिलो हाफ गोलरहित भएको खेलमा दोश्रो हाफमा दुवै टिमले २–२ गोल गरेका थिए । २–० ले पछि परेको अवस्थामा वडा नंं. ५ ले पुनरागमन गर्दै लगातार दुई गोल गरेर हारबाट बच्न सफल भएको थियो ।

वडा नं. १६ का जलन चौधरी र कमल डाँगीले गोल गर्दा वडा नंं ५ का सुजन बिकले २ गोल गरेर प्रतियोगितामा टिमलाई हारबाट जोगाउन सफल भएका थिए । पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल प्रतियोगिताका खेलहरु माघ १३ गतेसम्म चल्नेछ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad