Ad Area

मेयर कप फुटबल प्रतियोगिता आज तीन खेल हुँदै


घोराही,२३ पुस । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा आज सोमवार तीन वटा खेलहरु हुने भएका छन ।

घोराही उपमहानगरपालिका–१८ स्थीत नवलपुर फुटबल मैदानमा जारी प्रतियोगिताअन्तर्गत सोमवारको पहिलो खेल घोराही उपमहानगरपालिका–२ र १५ वडाका विच हुने भएको छ । उक्त खेल विहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रतियोगिताको दोश्रो खेल दिउँसो १ बजे घोराही उपमहानगरपालिका–७ र १३ नम्वर वडाका विचमा हुनेछ । त्यसैगरी अन्तिम खेल घोराही उपमहानगरपालिका–३ र १२ का विचमा हुने भएको घोराही उपमहानगरपालिका नगर खेलकुद समितिका संयोजक नरेन्द्र पुनले जानकारी दिएका छन् ।

यहि पुसको २० गतेदेखि सुरु भएको प्रतियोगिता माघको १३ गतेसम्म सञ्चालन हुने भएको छ ।

Blog Post Ad Blog Post Ad