Ad Area

अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अल्फाका दश खेलाडीलाई पदक


दाङ,२५ पुस । दाङको घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङले भारतमा भएको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नौ पदक जित्न सफल भएको छ ।

भारतको कोलकत्तामा यही जनवरी ६ र ७ गते सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अल्फा तेक्वान्दो डोजाङले सात स्वर्ण, एक रजत र एक काश्य पदक जित्न सफल भएको हो । कृष्णपुर तेक्वान्दो एकेडेमीको आयोजनामा भारतको कोलकत्तामा भएको तेक्वान्दो प्रतियोगितामा अल्फाका बीरेन्द्र डाँगीले स्वर्ण पदक जित्दै पुरुषतर्फको सर्वाेत्कृष्ट फाइटर बन्न सफल भएका थिए ।

त्यसैगरी रिमोट झाक्री, कमल क्षेत्री, कृष्ण मगर, रोजित खड्का, युवराज वली र सागर चौधरीले गरेर ७ स्वर्ण, टाइसन विष्ट रजत र सौरभ परियारले काश्य पदक जित्न सफल भएको अल्फा तेक्वान्दो डोजाङकी मुख्य प्रशिक्षक सुनिता विष्टले जानकारी दिएकी छिन ।

कृष्णपुर तेक्वान्दो एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा भारतसँगै नेपाल,बंगलादेश तथा भुटानका गरी करीब ५०० खेलाडीको सहभागिता रहेको थियो । मुख्य प्रशिक्षक विष्टले नेतृत्व गरेको टोलीले तेक्वान्दोमा निरन्तर सफलता प्राप्त गर्दै आइरहेको छ । प्रशिक्षक बिष्टले विभिन्न चुनौतीका वावजुत आफ्ना खेलाडीहरुबाट प्राप्त हुने सफलता र उपलब्धीले सबै दुःख बिर्साउदै अझ अघि बढ्ने प्रेरणा दिने गरेको बताएकी छिन ।