Ad Area

प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा


घोराही, २७ पुस । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता खेल्नका लागि सुशान्त सिंह थापाको कप्तानीमा लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा भएको छ ।

यहि पुसको २५,२६ र २७ गते रुपन्देही जिल्लाको भैरहवास्थीत सिद्धार्थ रंगशालामा भएको बन्द प्रशिक्षणबाट थापाको कप्तानीमा १४ सदस्यीय लुम्बिनी प्रदेशस्तरीय टोली घोषणा गरिएको लुम्बिनी क्रिकेट संघका सचिव कैलाश रोकामगरले जानकारी दिएका छन् ।

सचिव रोकामगरका अनुसार टोलीमा सुशान्तसिंह थापासँगै खेलाडीहरु प्रज्वल थापा, विराट भण्डारी, कृष्ण कार्की, सम्राट भुषाल, मिर्नल गुरुङ, दिल्सान अलि, नरबहादुर सार्की, निर्मल गुरुङ, राहुल चौहान, अभिषेस गौतम, मोहम्मद हुसैन, वीरबहादुर मगर, अकिव अहमद रहेका छन् । चार बैकल्पिक खेलाडीका रुपमा बिष्णु कटरिया, रुपेश बस्याल, मोहन खत्री र हेमन्त आचार्य रहेका छन् ।

लुम्बिनी प्रदेशस्तरीय टिमको कोचमा बसन्त शाही र टिम व्यवस्थापकमा अनिस कुँवर रहेका छन् । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानसँगै लिग चरणका दश खेलहरु सिद्धार्थ रंगशाला भैरहवामा पनि हुने भएका छन् ।

लुम्बिनी प्रदेशको क्रिकेट टिमले पुस २८ गते शनिवार भैरहवास्थित सिद्धार्थ रंगशालामा गण्डकी प्रदेशविरुद्ध पहिलो खेल खेल्न थालेको छ ।