भालुवाङ बस दुर्घटना,मृतक आठ जनाको सनाखत
घोराही, २८ पुस । दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । पूर्र्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–१ भालुवाङस्थीत राप्ती नदीको पुलबाट बस तल खसेको थियो ।
नमस्ते नेपाल यातायात प्रालीको भे १ ख ३९१२ नम्बरको.बस पुलको बार तोडेर तल खस्दा बसमा सवार १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार बस अनियन्त्रित भएर पुलको बार तोडेर नदीमा खसेको थियो । उहाँले भन्नुभयो,‘रातीको समयमा बस अनियन्त्रित भएर पुलबाट नदीमा खसेको देखिन्छ, अहिले चालकलाई नियन्त्रणमा राखेर घट्ना बारेमा थप बुझने काम भइरहेको छ ।
शुक्रबार राती करिव साढे दश बजेतिर भालुवाङस्थीत राप्ती नदीको पुलबाट बस तल खसेको थियो । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि बाँके र रुपन्देही पठाइएको बताउनुभएको छ । मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुनबहादुर रावत, बाँकेका वर्ष ३० का रामबरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभएको छ ।
घाइते हुनेहरुमा जुम्ला जिल्ला हिमा गाउँपालिका ४ बस्ने बर्ष २० का बालकृष्ण शाही, बाँके कोहलपुर निवासी बर्ष २१ का धनबहादुर पुन मगर, .काठमाण्डौ चावहिल बस्ने वर्ष ४४ का सुवास सार्की, रौतहट बस्ने वर्ष २६ का संजय कार्की, जुम्ला जिल्ला निवासी बर्ष १९ का विशाल बोहोरा रहनुभएको छ ।
त्यसैगरी काठमाण्डौ बस्ने बर्ष ११ की आज्ञा पाण्डे, .काठमाण्डौ बस्ने बर्ष ३८ की मन्जु शर्मा, काठमान्डौ लल्लुचौतारा बस्ने वर्ष २३ का सन्जु बढुवाल, काठमाण्डौँकै ४५ बर्षीया राधा पाण्डे, बसका सहचालक बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका.२ बस्ने वर्ष ३१ का कुलबहादुर गोसाई, बाँके नेपालगञ्ज उपमहानगरपालिका ३५ की लिला वली, सह–चालक बाँके बैजापुर गाउँपालिका ३ बस्ने वर्ष २१ का शंकर थारु, भारत बहराईज मटेरा बस्ने वर्ष २८ का राहुलकुमार यादव, भारत बहराईज मटेरा बस्ने वर्ष २० की छोटी सिलौटा,.कालिकोट माहाबै गाउँपालिका ५ बस्ने बर्ष ४५ का तिलकप्रसाद उपाध्याय, बाँके नेपालगञ्ज उपहानगरपालिका १२ बस्ने वर्ष २४ को आसुतोस गौतम,.बाँके डुरूवा गाउँपालिका .१ बस्ने वर्ष २५ को मोहमद जावेद, बर्दिया बस्ने वर्ष २२ का साजिव थारु, बाँके बस्ने वर्ष १८ का दशरथ बिक, .बाँके जिल्ला निवासी बर्ष १९ का नफिख खान, डोल्पा जिल्ला निवासी बर्ष ३५ का धनकली बुढा, .बाँके जिल्ला निवासी कोरीरन्जन कोरी, बाँके जिल्लाकै वर्ष २० का अर्वाज नाउ घाइते हुनुभएको छ ।