Ad Area

मेयर कपमा वडा नम्बर ६ र १४ ले बराबरी खेल्दा वडा नम्बर ८ र १७ विजयी


घोराही, २८ पुस । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा नवौैँ दिन शनिबार भएको खेलमा वडा नम्बर ८ र १७ विजयी भएका छन् भने वडा नम्बर ६ र १४ ले बराबरी खेलेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा जारी लिग चरणको खेल अन्तरगत समुह डी मा रहेका वडा नम्बर ८ र ११ बीचको लिग चरणको खेलमा वडा नम्बर ८ ले ४–३ गोलको बराबरी खेल्दै टुंग्याएका छन् जीत निकालेको छ । वडा नम्बर ८ का अर्पण डाँगी, शरद डाँगी, रोहित चौधरी, सुशील बुढाथोकीले १–१ गोल गर्नुभयो ।

यसैगरी, ११ वडाका ईश्वर रोकाले २ गोल गर्दा मोहन बुढाले एक गोल गर्नुभयो । योसँगै दुवै टीमको मेयर कप यात्रा सकिएको छ भने सो समुहका वडा नम्बर १५ र १८ हिजो नै क्वाटर फाईनल प्रवेश गरीसकेका छन् ।

दिउँसो भएको समुह बी मा रहेका वडा नम्बर ६ र १४ बीच भएको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टीमले गोल गर्ने मौका पाएपनि गोल गर्न सकेनन् । जारी प्रतियोगितामा वडा दुवै वडा अपराजित रहेका छन् । तर, वडा नम्बर ६ ले दुई खेलमा जीत र एक खेल बराबरी खेलेको छ भने वडा नम्बर १४ ले २ खेल बराबरी खेल्दा एक खेल जितेको छ । अब दुवै टीमलाई अर्को चरण प्रवेशका लागि समुहमा रहेका अरु टीमको नतिजासँगै आगमी खेल जित्नुपर्ने दबाव छ ।


यसैगरी, बेलुकी भएको लिग चरणको अर्को खेलमा वडा नम्बर १७ ले वडा नम्बर १ लाई ४–१ गोल अन्तरले हराएको छ । वडा नम्बर १७ का लागि अस्विन बिक, युवराज राना, दिपक कवँर र विक्रम बिकले १–१ गोल गर्दा वडा नम्बर १ का शिशिर कवँरले एक गोल गर्नुभयो । शुरुवाती अग्रता बनाएको वडा नम्बर १ ले खेलमा लय गुमाउँदा हार व्यहोर्न पुग्यो ।

Blog Post Ad

चार समुहमा विभाजग गरी खेलाईएको खेलमा समुह ए को लिग चरणको खेल सकिएको छ । सो समुहबाट वडा नम्बर १५ र १८ क्वाटर फाईनल प्रवेश गरीसकेका छन् ।

जारी लिग चरणका खेलमा शनिबारसम्म सबै टीमले २६ खेल खेलिसकेका छन् । हालसम्म सबै टीमबाट १ सय ५ गोल भएको नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ । लिग कम नकआउटका आधारमा खेलाईएको मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । आईतबार पनि लिग चरणका ३ खेलमा वडा नम्बर ११ र ५, वडा नम्बर ३ र १९ तथा वडा नम्बर ८ र १६ बीच खेल हुनेछन् । लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ ।

क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने घोराही नगर स्तरीय खेलकुद विकास समिति संयोजक पुनले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad