Ad Area

मेयर कप फुटबलमा वडा नम्बर ३, ५ र १६ विजयी, बाँकी खेल ४ गतेबाट हुने


घोराही, २९ पुस । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा दशौँ दिन आईतबार भएको खेलमा वडा नम्बर ३, ५ र १६ विजयी भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा जारी लिग चरणको खेल अन्तरगत समुह डी मा रहेका वडा नम्बर ५ र ११ बीचको लिग चरणको खेलमा वडा नम्बर ५ ले ९–० गोलको सहज जी निकालेको छ ।

वडा नम्बर ५ का लागि अभियान थापाले ह्याट्रिकसहित ४ गोल गर्दा पूर्ण नेपालीले २ गोल गर्नुभयो । यसैगरी, मिलन बस्नेत र अनिश बिकले १–१ गोल गर्दा थप एक गोल आत्मघाती हुन पुगेको थियो । योसँगै समुह डी बाट वडा नम्बर ११ लिग चरणबाट बाहिरिएको छ ।

दिउँसो भएको समुह सी को दोश्रो खेलले वडा नम्बर ३ ले वडा नम्बर १९ लाई ७–० गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ३ का लागि सुप्रिम सुवेदी र निशान घर्तीले समान २–२ गोल गर्दा केशव नेपाली, स्काई घर्ती १ र युनिक बुढा मगरले १–१ गोल गर्नुभयो । यो समुहबाट पनि वडा नम्बर १९ लिग चरणबाट बाहिरिएको छ ।

प्रतियोगिता अन्तरगत बेलुकी भएको लिग चरणको अर्को खेलमा वडा नम्बर १६ ले वडा नम्बर ८ लाई ३–१ गोल अन्तरले हराएको छ । वडा नम्बर १६ का लागि रक्षक रोकाले २ र कमल डाँगीले एक गोल गर्नुभयो । वडा नम्बर ८ का लागि सुशील बुढाथोकीले एक गोल गर्नुभयो । वडा नम्बर ८ का युवराज डाँगीले गोल लाईनमा ह्याण्ड गरेर रातो कार्ड व्यहोरेपछि पहिलो हाफको १५ मिनेटबाट १० खेलाडीमा सिमित बनेको वडा नम्बर ८ ले हारेपनि खेललाई नियन्त्रणमा लिएको थियो ।

Blog Post Ad

चार समुहमा विभाजग गरी खेलाईएको खेलमा समुह ए को लिग चरणको खेल सकिएको छ । सो समुहबाट वडा नम्बर १५ र १८ क्वाटर फाईनल प्रवेश गरीसकेका छन् । जारी लिग चरणका खेलमा आईतबारसम्म सबै टीमले २९ खेल खेलिसकेका छन् । हालसम्म सबै टीमबाट १ सय २५ गोल भएको नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ । लिग कम नकआउटका आधारमा खेलाईएको मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । अब प्रतियोगिताका बाँकी खेल माघ ४ गतेबाट पुनः शुरु हुनेछ । माघी पर्वका कारण खेल तालिका सोही अनुसार तयार पारिएको आयोजकले जनाएको छ ।

लिग चरण अन्तरगत माघ ४ गते हुने ३ खेलमा वडा नम्बर ७ र १४, वडा नम्बर १२ र १७ तथा वडा नम्बर १० र १६ बीच खेल हुनेछन् । लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने घोराही नगर स्तरीय खेलकुद विकास समिति संयोजक पुनले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad