Ad Area

चौथो दाङ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने


दाङ,३ माघ । चौथो दाङ जिल्लास्तरीय तथा प्रथम प्रोफेस्नल आइटिएफ तेक्वान्दो प्रतियोगिता–२०८० हुने भएको छ ।

दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजना तथा घोराही उपमहानगरपालिका–१५ वडा कार्यालयको मुख्य प्रायोजनामा चौथो दाङ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुन थालेको हो ।

प्रतियोगिता यहि माघको ५ र ६ गते घोराहीमा हुन थालेको दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभएको छ । अध्यक्ष थापा अनुसार प्रतियोगितामा जिल्लाभरका २० केजी तौल समूहदेखि ६५ केजी तौल समूहमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा जिल्लाका आठ डोजाङका महिला पुरुष गरेर १ सय ५० बढी खेलाडीहरुले प्रतिष्पर्धा गर्ने भएका छन् ।

चौथो दाङ जिल्लास्तरीय तथा प्रथम प्रोफेस्नल आइटिएफ तेक्वान्दो प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्ने भएका छन् । दुई दिनसम्म चल्ने प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थीत नारायण सल्यानी स्मृति भवनमा हुने भएको छ । बिजेतालाई नगदसहित मेडल,ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।

जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिता गर्न थालिएको संघका अध्यक्ष थापाले बताएका छन् । दाङ जिल्ला आईटिएफ तेक्वादो संघले जिल्लामा प्रत्येक बर्ष विभिन्न खेलकुदका प्रतियोगिता गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad