Ad Area

चौथो दाङ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु


दाङ,५ माघ । घोराहीमा चौथो दाङ जिल्लास्तरीय तथा प्रथम प्रोफेसनल आइटिएफ तेक्वान्दो प्रतियोगिता–२०८० शुरु भएको छ । दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजना तथा घोराही उपमहानगरपालिका–१५ वडा कार्यालयको मुख्य प्रायोजनमा शुक्रवारदेखि चौथो दाङ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले शारीरिक तथा मानसिक स्वास्थसंगै सामाजिक मान सम्मानका लागि खेकलुदको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । समाजमा विकृती र निराशा छाइरहेको समयमा युवा पुस्तालाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ्य राख्दै अनुशासित बनाउनका लागि खेलकुदले सहयोग पुग्ने बताएका हुन । ‘देशमा केही छैन भन्ने युवाहरुमा निराशा छाएको छ, जस्ले गर्दा कतिपय युवाहरु गलत बाटोमा लाग्ने गरेको देखिन्छ’,कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री खनालले भने,‘त्यस्तो अवस्थामा युवाहरुलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य राख्न खेलकुदका कार्यक्रमले सहयोग पुग्छ ।’

खेलकुदमा राम्रो गर्नसक्ले युवाहरुलाई मानसम्मानसँगै राम्रो आम्दानी समेत गरिरहेको भन्दै मन्त्री खनालले खेलकुदका गतिविधिहरुलाई विद्यालय तहदेखि नै बढाउन आवश्यक रहेको बताएका थिए । उनले त्यसका लागि स्थानीय तथा प्रदेश सरकारले पूर्वाधार निर्माणमा समेत ध्यान दिनुपर्ने बताएका हुन । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेले युवाहरुलाई शिक्षासँगै रचनात्मक कार्यमा जोड्नका लागि खेलकुदका गतिविधिहरु बढाउन आवश्यक रहेको बताए ।

खेलकुदका कारण धेरै युवाहरु सकारात्मक बाटोमा लाग्ने र उनीहरुले नामसँगै दाम कमाइरहेकोले स्थानीय तथा प्रदेश सरकारले हरेक खेललाई समान रुपमा हेर्दा लगानी लगाउन आवश्यक रहेको बताएका थिए । पाण्डेले आइटिएफ तेक्वान्दो व्यक्तिगत सुरक्षाका लागि समेत आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा बयलडाँडा चौतारी क्लवका अध्यक्ष नारायण भुसालले स्वास्थ्यसँगै अनुसशान जोडिएको खेलकुद हरेक व्यक्तिका लागि आवश्यक रहेको बताएका थिए । शनिवारसम्म चल्ने प्रतियोगितामा जिल्लाभरका आठ वटा डोजाङका एक सय ५० बढी खेलाडीहरुको सहभागीता रहेको दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् । अध्यक्ष थापा अनुसार प्रतियोगितामा २० केजी तौल समूहदेखि ६५ केजी तौल समूहमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

दुई दिनसम्म चल्ने प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थीत नारायण सल्यानी स्मृति भवनको हलमा भइरहेको छ । बिजेतालाई नगदसहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । दाङ जिल्ला आईटिएफ तेक्वादो संघले जिल्लामा प्रत्येक बर्ष विभिन्न खेलकुदका प्रतियोगिता गर्दै आएको छ ।

Blog Post Ad

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष रामलौटन चौधरी, लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगर, घोराही घोराही उपमहानगरपालिका रेडक्रसका उपसभापति दुर्गा खत्रीलगायतको सहभागीता रहेको थियो । आईटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी लीलाधर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आईटिएफ दाङका सल्लाहकार केशव गिरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad