Ad Area

मेयरकप फुटबलमा क्वाटर फाईनल खेल्ने आठ टोलीको टुंगो


घोराही, ५ माघ । घोराहीमा जारी छैठौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा लिग चरणका दुई हुन बाँकी छँदै क्वाटर फाईनल पुग्ने आठ टोलीको टुंगो लागेको छ ।

घोराही १८ नवलपुर फुटबल मैदानमा शुक्रबार सम्पन्न खेलसँगै क्वाटर फाईनल पुग्ने आठ वटै टीमको टुंगो लागेको हो । शुक्रबार समुह सी मा रहेका वडा नम्बर १ र ३ बीच भएको खेलमा वडा नम्बर ३ ले १ लाई ७–० गोलले हराउँदै समुह विजेता बन्दै क्वाटर फाईनल पुगेको छ ।

वडा नम्बर ३ का लागि युनिक बुढाले ह्याट्रिक गोल गर्दा सुप्रिम सुवेदी र केशव नेपालीले समान २–२ गोल गर्दै अन्तिम आठमा टीमलाई पुर्याउनुभयो । समुह बी मा रहेका वडा नम्बर ६ र १३ बीचको खेलमा वडा नम्बर १३ ले ६–० गोल गर्दै समुह विजेताको रुपमा क्वाटर फाईनल प्रवेश गरेको छ ।

वडा नम्बर १३ का लागि बिजेन्द्र घर्ती र रेवन बुढाले समान २–२ गोल गर्दा प्रमोद बुढा, राजेन्द्र घर्ती र कमल बिकले १–१ गोल गर्नुभयो । सोही समुहमा रहेको वडा नम्बर १२ नेट अंकमा पछि पर्दै बाहिरिएको छ ।

Blog Post Ad

यसअघि समुह ए बाट वडा नम्बर १५ र १८, समुह सी बाट वडा नम्बर १७ तथा समुह डी बाट वडा नम्बर १० र १६ क्वाटर फाईनल पुगेका छन् । जारी लिग चरणका खेलमा शुक्रबारसम्म सबै टीमले ३४ खेल खेलिसकेका छन् । अब लिग चरणका २ वटा खेल हुन बाँकी छ । हालसम्म सबै टीमबाट १ सय ४५ गोल भएको नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ । प्रतियोगिता अन्तरगत शनिबार लिग चरणका अन्तिम दुई खेल हुनेछन् । जसमा वडा नम्बर ७ र ९ तथा अर्को खेल वडा नम्बर ५ र ८ बीच हुनेछ । वडा नम्बर ७ र ९ जारी लिगमा जित विहीन छन् । समुहको पुछारमा रहेका यी टीमले लिग चरणको अन्तिम खेलमा जीत दर्ता गर्दै सुखद अन्त्य गर्ने दाउमा रहेका छन् । उता, वडा नम्बर ५ र ८ भने दोश्रो जीत दर्ता गर्दै सुखद अन्त्य गर्ने तयारीमा छन् ।

लिग कम नकआउटका आधारमा खेलाईएको मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ ।

जसमा समुह ए को विजेता वडा नम्बर १८ ले समुह सी को उपविजेता वडा नम्बर १७ सँग खेल्नेछ । समुह ए को उपविजेता वडा नम्बर १५ ले समुह सी को विजेता वडा नम्बर ३ सँग खेल्नेछ ।

समूह बि बाट विजेता बनेको १३ ले समुह समुह डी को उपउपविजेता वडा नम्बर १६ सँग खेल्नेछ । समुह बि को उपविजेता वडा नम्बर १४ ले समुह डी को विजेता वडा नम्बर १० सँग खेल्नेछ । सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने घोराही नगर स्तरीय खेलकुद विकास समिति संयोजक पुनले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad