Ad Area

चौथो दाङ जिल्लास्तरीय आइटिएफको उपाधि भरतपुर डोजाङलाई


दाङ,७ माघ । घोराहीमा भएको चौथो दाङ जिल्लास्तरीय तथा प्रथम आमन्त्रित प्रोफेसनल आइटिएफ तेक्वान्दो प्रतियोगिता–२०८० को उपाधि घोराहीमा रहेको भरतपुर तेक्वान्दो डोजाङले जितेको छ ।

दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजना तथा घोराही उपमहानगरपालिका–१५ वडा कार्यालयको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ३ काश्य पदक जित्दै उपाधि हात पारेको हो । उपाधिसँगै डोजाङले मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । जिल्लास्तरीय प्रतियोगितामा गतबर्ष पनि भरतपुरले उपाधि जितेको थियो ।

त्यसैगरी प्रतियोगितामा गोरक्ष रत्ननाथ माध्यामिक विद्यालय चौघेराले चार स्वर्ण, चार रजत र तीन काश्य पदकसहित दोश्रो हुन सफल भएको हो । प्रतियोगितामा घोराहीमा रहेको ज्योतिपुञ्ज बोर्डिङ स्कूलले तेश्रो स्थाना प्राप्त गरेको छ । प्रतियोगितामा चार स्वर्ण, एक रजत र चार काश्य पदक जित्दै तेश्रो स्थान प्राप्त गर्न सफल भएको हो । शुक्रवार र शनिवार गरेर दुई दिनसम्म चलेको प्रतियोगितामा घोराही उपमहानगरपालिका–४ मा रहेको सगरमाथा बोर्डिङ स्कुल अनुसासित समूहका रुपमा पुरस्कृत भएको थियो । अनुशासित समूहका रुपमा पुरस्कृत सगरमाथा बोर्डिङ स्कुलको समूहले प्रतियोगितामा एक स्वर्ण, एक रजत र पाँच काश्य पदक जितेको थियो ।

प्रतियोगिता उत्कृष्ठ खेलाडी पुरुषतर्फको ट्रफि भरतपुर तेक्वान्दो डोजाङका खेलाडी सन्तोष बुढामगर र महिलातर्फ घोराही नगर तेक्वान्दो डोजाङकी खेलाडी निरा रानाले जितेकी थिइन । उक्त प्रतियोगितामा २० केजी तौल समूहदेखि ६५ केजी तौल समूहमा महिला तथा पुरुष खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए ।

त्यसैगरी प्रथम आमन्त्रित प्रोफेसनल आइटिएफ तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेशका तीन जिल्लाका नौ जना खेलाडीले भाग लिएका थिए । ५१ देखि ५७ केजी तौल समूहमा भएको प्रतियोगितामा दाङसहित बाँके र बर्दिया जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो । जसमा दाङका सन्तोष बुढामगर प्रथम, बाँकेका कृष्ण बाल्मिकी द्धितीय र दाङका कृष्ण रोकामगर र अर्जुन नेपाली तृतीय स्थान प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा प्रत्येक जिल्लाका तीन÷तीन जना खेलाडीको सहभागीता रहेको थियो ।

Blog Post Ad

दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष भीमबहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिजेता खेलाडीहरुलाई घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसी र घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले खेलाडीहरुलाई मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए । चौथो दाङ जिल्लास्तरीय तथा प्रथम आमन्त्रित प्रोफेसनल आइटिएफ तेक्वान्दो प्रतियोगिता–२०८० मा जिल्लाका आठ वटा डोजाङका एक सय ५० बढी खेलाडीहरुको सहभागीता रहेको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले आईटिएफ तेक्वान्दोका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्दै घोराहीसँगै जिल्ला र देशकै नाम चिनाउन सफल भएपनि अन्य खेलहरुको तुलनामा सहयोग हुन नसकेको गुनासो गरेका थिए । स्वास्थ्यसँगै आत्मसुरक्षाका लागि आईटिएफ तेक्वानदो हरेक व्यक्तिका लागि आवश्यक रहेको समेत सहभागीले बताएका थिए ।

Blog Post Ad Blog Post Ad