Ad Area

१२ बर्षीय बालकको उपचारमा सहयोग गरिदिन आग्रह


दाङ,६ माघ । १२ बर्षीय बोनम्यारोप रोग पीडित बालकको उपचारमा सहयोग गरिदिन बिरामीका परिवारले आग्रह गरेका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुर (स्थायी घर तुलसीपुर–१५ डुरुवा) निवासी सौरव डाँगीको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

आइतवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिरामी बालककी आमा टिका डाँगीले छोराको उपचारमा सहयोग गरिदिन आग्रह गरेकी हुन । घरको कमजोर अवस्थाका कारण बालकको उपचार गर्न समस्या रहेको भन्दै आमा टिकाले उपचारमा सहयोग गरिदिन आग्रह गरिन । ‘बस्ने घर छैन, नारायणपुरमा कोठागरी बस्दै आएका छौ’, उनले भनिन्,‘परिवारका लागि श्रीमान कमाउन मलेसिया जानुभएको थियो । तर घरमा छोरा बिरामी भइदियो ।’ उनले शरिर सेतो हुँदै गएपछि सुरुमा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको बताइन ।

प्रतिष्ठानले बुद्ध अस्पताल र बुद्धले कोहलपुर मेडिकल कलेजमा पठाएको थियो । त्यहाँ पनि रोग पत्ता नलागेपछि काठमाडौं कान्तिबाल अस्पतालमा तीन महिला अघि मात्रै बोनम्यारो रोगको पहिचान भएको र अहिले बालकको भारतको नयाँ दिल्लीस्थीत एम्स अस्पतालमा उपचार हुँदै आएको बताइन । ‘बालकको बोनम्यारो ट्रान्सप्लान्टका लागि करिव २४÷२५ लाख लाग्ने भएकाले अस्पतालले जति सक्यो चाडै पैसा जम्मा गर्ने भनेको छ’,उनले भनिन्,‘चाडै जम्मा गरे छिट्टै उपचार हुने र बिरामी राम्रो हुने पनि भनेको छ । तर पैसा नहुँदा छोराको उपचार हुन सकेको छैन ।’ उनले छोराको उपचारका लागि भएको एउटा घडेरी विक्री गरेर करिव ८÷९ लाख रुपैयाँसम्म खर्च गरिसकेको र थप उपचारका लागि आवश्यक पर्ने पैसा जुटाउन नसकेकोले पत्रकर सम्मेलन गर्न आएको बताइन ।

‘जीवनको सहराका रुपमा एउटा छोरा हो । छोराको उपचारका लागि सके जति प्रयास गरिरहेकी छु’,उनले भनिन्,‘श्रीमानले पनि विदेशमा कमाएर पठाउनु हुन्छ तर उपचारमा धेरै रकम लाग्ने भएकाले सम्भव भएको छैन । सवैले थेरै सहयोग गरिदिनुभयो भने केही राहत हुने अवस्था हुन्छ भन्ने लागेको छ ।’ बोनम्यारोको समयमै उपचार नभएमा ब्लड क्यान्सर हुने भएकाले पनि जति सक्यो चाडै उपचार गर्न आवश्यक र रहेको र त्यसका लागि आर्थिक अभाव देखिएको समेत उनले बताइन । सहयोगका लागि राष्ट्रिय बाणिज्य बैंक नारायणपुर शाखामा टिका डाँगीको नाममा रहेको खाता नं. ४३६०१००००६८४३०१० मा पैसा जम्मा गर्न सकिने बताइन ।