Ad Area

पूँजीगत खर्च बढाउन नागरिक समाजको ध्यानाकर्षण


घोराही, ८ माघ । संघीय संरचना अनुसार क्रियाशील रहेका तीन तहका सरकारले चालु आर्थिक वर्षको बितेको ६ महिनामा निकै निराशाजनक पूँजीगत खर्च गरेका प्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका संयोजक केबी मसालको अध्यक्षतामा आईतबार घोराहीमा बसेको बैठकले जनअपेक्षा अनुसार सरकारबाट हुने पूर्वाधारलगायत विकास निर्माणका कामका लागि विनियोजित बजेट समयमा खर्च नहुँदा यसले असर सबै क्षेत्रमा परिरहेको भन्दै केन्द्र, प्रदेशर स्थानीय सरकारलाई पूँजीगत खर्च बढाउन गम्भीर ध्यानाकर्षण गराएको छ ।

यसैगरी, प्रदेशमा प्रहरी समायोजन भए केन्द्र र प्रदेश बीच शक्ति सन्तुलनमा अन्तरद्वन्द्व बढ्न जाने र राजनीतिक संरक्षणमा अपराधीकरण नियन्त्रणगर्न कठिन हुने समाजले निष्कर्ष निकालेको छ । यस प्रकारको कार्यले प्रहरी प्रहरी बीच आपसी मतभेद बढ्न गई द्वेध शासन पद्धति अवलम्बन गर्दा समग्र शान्ति सुरक्षामा खलल् पुग्ने भएकाले यस विषयमा कदम चाल्दा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको समाजमा सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, हालै भएको इजरायल घटना, रुस युक्रेन युद्धमा परी नेपालीले ज्यान गुमाउनु परीरहेको घटना तथा वैदेशिक रोजगारसँग जोडिएको ललितपुरको बालकुमारी घटना दुखद भएको भन्दै देशमै रोजगारीको सहज वातावरण बनाउन तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराईएको छ ।

पछिल्लो समय दाङको पश्चिम क्षेत्रमा दैनिक जसो भईरहेको असामान्य गतिविधि प्रति पनि नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ । नागरिकको जीउधनको सुरक्षामा गम्भीरतापूर्वक खटिन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ ।

समाजले आफ्नो वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन आगामी फागुन १९ गते शनिबार घोराहीमा गर्ने निर्णयसमेत गरेको समाजका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad