Ad Area

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सुवेदी र सापकोटा बिजयी


घोराही, ११ माघ । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी बिजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी बिष्णुदेवी सापकोटा बिजयी भएकी हुन ।

सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा बिजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका–१५ स्थीत कर्मचारी मिलन केन्द्रको प्राङ्घगनमा भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई पराजित गर्दै सुवेदी र सापकोटा बिजयी भएका हुन ।

विहीवार भएको निर्वाचनमा सुवेदीले ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै बिजयी भएका हुन । बिजयी सुवेदीले प्रदेशसभातर्फ २ हजार ७ सय ५६ र स्थानीय तहतर्फ २ हजार ६ सय ७९ मतभार गर्दै बिजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

त्यसैगरी सापकोटाले ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै बिजयी भएका हुन । सापकोटाले प्रदेशसभाअन्तर्गत २ हजार ७ सय ५७ र स्थानीय तहतर्फ २ हजार ६ सय ७९ मतभार प्राप्त गर्दै बिजयी हुनुभएको निर्वाचन अधिकृत पाण्डेले जानकारी दिएका छन् ।

निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवार झपेन्द्र घर्ती क्षेत्रीले तीन हजार ३९ मतभार र केसी दुई हजार ८ सय ६७ मत प्राप्त गरेका हुन । घर्तीले प्रदेशसभाअन्तर्गत एक हजार ६ सय ४३ र स्थानीय तहतर्फ एक हजार तीन सय ९६ मतभार प्राप्त गरेका हुन । त्यसेगरी केसीले प्रदेशसभाअन्र्तगत एक हजार पाँच सय ३७ र स्थानीय तफतर्फ एक हजार तीन सय ३० मतभार प्राप्त गरेकी हुन ।

त्यसैगरी महिला कोटामा राप्रपाबाट उम्मेदवार बनेकी विजयालक्ष्मी सिहले दुई सय ५० मतभार र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले दुई सय ५० मतभार प्राप्त गरेका छन् । विहीवार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३ सय ५ मतमध्ये ३ सय ३ मत खसेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad