Ad Area

खुत्रुके अभियानको रकम समाज कल्याण केन्द्रलाई हस्तान्तरण


घोराही, १५ माघ । एक रुपैयाँ खुत्रुके अभियान अन्तरगत घोराही १८ गिठेपानीस्थित एकता महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र संस्थाका सदस्यहरुले संकलन गरेको रकम समाज कल्याण केन्द्र नेपाललाई हस्तान्तरण गरिएको छ ।

असहाय, अशक्त, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका रुपैयाँ एक अभियान अन्तरगत सहकारी संस्था र यसमा आवद्ध सदस्यहरुले खुत्रुकेमा संकलन गरेको रकम समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमलाई हस्तान्तरण गरिएको हो । संस्थाकी अध्यक्ष रेवा अधिकारी र सदस्यहरुले सोमबार एक कार्यक्रमको आयोजना गरी सहकारी मार्फत एक रुपैयाँ खुत्रुके अभियानबाट संकलित १३ हजार १ सय ४२ रुपैयाँ केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

जसमा सहकारीको दुई वटा खुत्रुकेसहित ९ जनाले जम्मा गरेको रकम पहिलो पटक यसरी जम्मा गरेर सामाजिक काममा लगाउन पाउँदा निकै खुशी लागेको संस्थाकी अध्यक्ष अधिकारीले बताउनुभयो ।

खुत्रुकेमा रकम जम्मा गर्नेमा सहकारी संस्थाका दुई वटा खुत्रुकेबाट १ हजार ८ सय ९० रुपैयाँ, सरिता बुढाको खुत्रुकेबाट १ हजार ८ सय ५५ रुपैयाँ, मालती श्रेष्ठको खुत्रुकेबाट १ हजार ८ सय ३५ रुपैयाँ, रेवा अधिकारीको खुत्रुकेबाट १ हजार ८ सय ८० रुपैयाँ, देवा सुवेदीको खुत्रुकेबाट १ हजार ७५ रुपैयाँ, अम्बिका थापाको खुत्रुकेबाट ६ सय ९७ रुपैयाँ, इन्दु पुनको खुत्रुकेबाट २ हजार १ सय ७० रुपैयाँ, शिवा पाण्डेको १ हजार ७ सय ४० रुपैयाँ वचत गरेको रकम खुत्रुके फुटाएर हस्तान्तरण गरिएको हो ।

पहिलो पटक यस प्रकारको काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै अब यो अभियानलाई निरन्तरता दिने संस्थाकी सदस्य पूजा योगीले बताउनुभयो । केन्द्रले हाल विभिन्न विद्यालयमा पढिरहेका ११ जना विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्दै आएको छ ।

केन्द्रकी अध्यक्ष गौतमका अनुसार, ती विद्यार्थीहरु मावि रझेना, मावि झिङ्गनी, मावि हापुर निघुवार र प्रावि बेलघारीमा अध्ययनरत छन् । केन्द्रले संस्थागत रुपमा पनि असहाय, अशक्त, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ भने समुदायमा लागूऔषध दुव्र्यसन नियन्त्रणलगायत सचेतनाका कार्यक्रम पनि गर्दै आएको छ ।

Blog Post Ad

यसैबीच, केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दाङका क्षेत्रीय सचिव शिवलाल महताराको प्रमुख आतिथ्यमा सोमबार एकता महिला विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्यहरुलाई लागूऔषध दुव्र्यसन विरुद्ध आमा शिक्षा कार्यक्रम पनि संचालन गरिएको छ । संस्थाकी अध्यक्ष रेवा अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रकी सचिव जानका केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad