Ad Area

गढवामा शुभतारा कप फुटबल प्रतियोगिता


आलोक भावुक
गढवा, १५ माघ । देउखुरीको गढवामा रहेको शुभतारा इङ्ग्लिस बोर्डिङ स्कूलले १४औ बार्षिकोत्सवका अवसरमा शुभतारा कप फुटबल प्रतियोगिता सुरु गरेको छ ।

स्कुलले सोमवारदेखि गढवामा शुभतारा कप फुटबल प्रतियोगिता सुरु भएको हो । जनता माध्यमिक विध्यालय गढवाको खेल मैदानमा गढवा गाउँपालिका माध्यमिक विद्यालयस्तरीय शुभतारा कप फुटबल प्रतियोगिता सुरु गरेको हो ।

शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बिकास रजौरेको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष बिरबहादुर आलेमगरको बिशिस्ट आतिथ्यमा प्रतियोगिता सुरु भएको हो ।

गढवा गाउँपालिका माध्यमिक विद्यालयस्तरीय शुभतारा कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले खेलकुद स्वास्थ्यको लागि मात्र नभई राष्ट्रको लागि पनि आवश्यक रहेको बताइन । उनले विद्यालयले खेलकुद प्रतियोगिताबाट विद्यार्थीहरुको खेलक्षमताको विकास हुने बताएकी थिइन ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष बिरबहादुर आले मगरले खेलमा राम्रो सम्भावना भएकोले हरेक विद्यालयले पढाईसँगै विद्यार्थीहरुलाई खेलकुदका गतिविधिहरुमा समेत जोड्नुपर्ने बताएका थिए । शुभतारा कपमा चार टिमले सहभागिता जनाएका छन्। शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवा, साउथन इङ्ग्लिस बोर्डिङ स्कुल, ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवा र सरस्वती माध्यमिक बिद्यालय बिद्यानगर गोबरडियाले प्रतियोगितामा सहभागीता जनाएको शुभतारा इङ्लिश बोर्डिङ स्कुल गढवाका खेल शिक्षक अशोक रोकायाले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई १० हजार नगद, कप मेडर र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुने विद्यालयले नगद ७ हजारसहित कप मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको उदघाटन कार्यक्रममा राप्ती साउथन इङ्ग्लिस बोर्डिङ स्कुलका खेल शिक्षक रमेश खड्का, ज्ञानज्योति इङ्लिश बोर्डिङ स्कुल खेल शिक्षक निराजन यादव, सरस्वती माध्यमिक बिद्यालय बिद्यानगर गोबरडियाका खेल शिक्षक बिजय खनाल, पत्रकार शिवराज पन्थी, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकलगायतकाको सहभागिता रहेको थियो । शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका सहायक प्रिन्सीपल मधुबाबु थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक चेतनाथ पौडेलले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad