Ad Area

सिकलसेल बिरामीहरुलाई दुखाई व्यवस्थापन सम्बन्धी अभिमुखीकरण


घोराही, १५ माघ । ग्रामीण महिला उत्थान केन्द्र दाङंको आयोजनामा सिकलसेल बिरामीहरुका लागि सोमबार घोराहीमा दुखाई व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

संस्थाका सल्लाहकार सोगत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सिकलसेलका बिरामीहरुले दुखाई व्यवस्थापन गर्नका लागि अपनाउनुपर्ने भुमिकाको बारेमा अभिमुखीकरण गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर उमाकान्त तिवारीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा सिकलसेलका बिरामीहरुले दुखाई कम गर्न सरदरभन्दा बढी मात्रामा पानी पिउनुपर्ने, सिटामोल वा डाक्टर दिएको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्ने, स्वास फेर्न गाह्रो र दुखाई बढी भएको खण्डमा तुरुन्तै अस्पताल पुर्याउनुपर्ने लगायत विषयमा डाक्टर तिवारीले जानकारी गराउनुभएको थियो ।

संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएका चौधरीले संस्थाले २०५१ सालदेखि महिला, बालबालिकाहरुको शसक्तीकरण, विपत व्यवस्थापन, शिक्षा, कृषि, पशुपालन, स्वास्थ्य लगायतको क्षेत्रमा विविध क्रियाकलाप गर्दै आएको बताउनुभयो । उहाँले केहि समय अघि संस्थाले सिकलसेल बिरामीहरु पहिचान गर्न घोराही १० नारायपुरमा सिकलसेल स्वाथ्य शिबिरको आयोजना गरेकोमा उक्त शिविरबाट ४१ जना सिकलसेलका बिरामीहरु पहिचान भएको र अहिले उनै बिरामीहरुका लागि दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको बताउनुभयो ।

संस्थाले सामाजिक उत्तरदायित्वलाई पालना गर्दै पहिचान भएका ४१ जनाका लागि शिक्षा तथा आयआर्जनका क्षेत्रमा पनि संस्थाले सहयोग गर्ने संस्थाका सल्लाहकार चौधरीले बताउनुभयो । मेट लाईफ ईन्सोरेन्सको सहयोगमा संञ्चालीत कार्यक्रममा नारायणपुर स्वास्थ्य चौकीका ईन्र्चाज डिल्लीराज आर्चाय लगायतले आफनो भनाई राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सुचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad