Ad Area

स्कारपियोको ठक्करबाट दिदीबहिनीको मृत्यु


घोराही, २ फागुन ।दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट एकैघरका दिदी बहिनीको मृत्यु भएको छ । स्कारपियोले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ बर्षीया राधा बस्नेत र उहाँकी बहिनी १६ बर्षीया बिपना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार बुधवार करिव सवा ४ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ गईरहेको प्रदेश नम्वर ३–०१–०२२ च–१३६९ नम्बरको स्कारपियोले सोही दिशातर्फ गइरहेको साइकललाई राप्ती गाउँपालिका–८ पिपरीमा ठक्कर दिएको थियो ।स्कारपियोको ठक्करबाट गम्भीर घाइते हुनुभएकी राधालाई उपचारका लागि लमही अस्पताल लगिएकोमा अस्पतालमा डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मल्लले जानकारी दिनुभएको छ ।

बहिनीलाई सिसहनियामा प्रारम्भीक उपचारपछि थप उपचारका लागि क्रिमसन अस्पताल रुपन्देही पु¥याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभयो । सवारी साधान नियन्त्रणमा लिईएको र स्कारपियो चालक फरार रहेकाले प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad