Ad Area

दाङ क्रिकेट लिग –२ को अफिसियल स्कुल पार्टनरमा गुरुकुल एकेडेमी


घोराही, ३ फागुन । दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनर गुरुकुल एकेडेमी घोराही भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि घोराही १५ रतनपुरस्थित सो विद्यालय अफिसियल स्कुल पार्टनर बनेको हो ।

बिहीबार आयोजक र गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेबीच अफिसियल स्कुल पार्टनर सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतियोगिता सफल बनाउन विद्यालयले अफिसियल स्कुल पार्टनरका रुपमा भुमिका खेल्ने भएपछि आयोजकले आभार प्रकट गरेको छ ।

दाङ क्रिकेट लिग–२ को मिति नजिकिँदै जाँदा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने दाता, संघसंस्था र निकाय थपिँदै गएका छन् । प्रतियोगिता संचालन गर्न अहिलेसम्म विभिन्न व्यक्ति, संस्थाले हात अघि बढाएका छन् । कतिपयले नगद सहयोग समेत गर्नुभएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

यसअघि प्रतियोगिताका लागि गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हिस्पटल, घोराही हुने गरी सम्झौता भएको छ । प्रतियोगिता सफल बनाउन लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक दाङ क्रिकेट लिग–२ को इनर्जी ड्रिंक पार्टनरको रुपमा रहने भएको प्रतियोगिता संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिनुभयो ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोली रहेका छन् । प्रतियोगिताका लागि पाँच फ्रेन्चाईज क्लबले फागुन ५ गते रजिष्ट्रेशन भएका खेलाडीबाट अक्सन गर्ने प्रतियोगिता निर्देशक विशेष अधिकारीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad