Ad Area

पाँचौ हापुर कप फुटबल प्रतियोगिता : हापुर युथ क्लव, बडहरा र युएनबिसी बिजयी


घोराही,८ फागुन । पाँचौ हापुर कप फुटबल प्रतियोगिताको आठौँ दिनका खेलहरुमा हापुर युथ क्लव, बडहरा र युएनबिसी क्लव बिजयी भएका छन् । घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरी खेल मैदानमा जारी प्रतियोगिताको आठौँ दिनको पहिलो खेलमा हापुर युथ क्लबले हापुर बगाले एफसीलाई सडनडेथमा ६–५ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

निर्धारित समयको खेलमा हापुर बगाले एफसीबाट कैलाश एरीले गोल गरेर अग्रता दिलाएका थिए । तर खेलको अन्तिम समया हापुर युथ क्लबका खेलाडी नवीन बुढाले गोल गर्दै टिमलाई बराबरीमा लगेपछि सडनडेथमा ६–५ गोल अन्तरले हापुर बगाले एफसीलाई पराजित गर्दै हापुर युथ क्लव जारी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको हो ।

त्यसैगरी दोस्रो खेलमा बडहरा युवा क्लवले घोराही–८ को फुटबल टिमलाई २–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । बडहराको जितका लागि खेलाडी कमल बिकले एक्लै २ गोल गरेका थिए । मंगलवारको तेश्रो खेलमा युएनबिसी क्लव बिजयी भएको छ । क्वाटरफाइनल खेलमा युएनबिसीले द लोटस ट्रेनिङ सेन्टर घोराहीलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । युएनबिसीको जितका लागि खेलाडी बिनोद केसी र निशान डाँगीले समान १–१ गोल गर्न सफल भएका थिए ।

फागुनको १ गतेदेखि सुरुभएको प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार ५सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र र उपबिजेता टिमलाई नगद २० हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजक हापुर युथ क्लवका अध्यक्ष बिनोद विकले जानकारी दिएका छन् । प्रतियोगिता फागुनको १० गतेसम्म सञ्चालन हुने भएको छ । बुधवारको पहिलो सेमिफाइनल खेल आयोजक हापुर युथ क्ल्ब र गाउँले फुटबल क्लब घोराहीबिच विहान ११ बजे हुने छ भने दोश्रो सेमिफाइनल खेल बडहरा क्लब र युएनबिसी क्लवकाबिच दिउँसो २ बजे खेल हुनेछ ।

Blog Post Ad Blog Post Ad