Ad Area

पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीको भीड


घोराही, २५ फागुन । महाशिवरात्रिको अवसरमा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर मन्दिर धारापानीमा पूजा आराधनाका लागि भक्तजन, साधुसन्त तथा दर्शनार्थीको भीड लागेको छ ।

घोराही उपमहानगरपालिका–५ धारापानीस्थित विश्वको अग्लो त्रिशुल रहेको पाण्डवेश्वर मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहलपहल बढेको हो । हरेक वर्ष मनाइने महाशिवरात्रिका दिन मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । महाशिवरात्रिको अवसरमा मन्दिरमा बिहानदेखि नै भगवान् शिवको पुजापाठ तथा आराधना सुरु भएको पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । महाशिवरात्रिको दिन भारतबाट समेत दर्शनार्थीहरू आउँने गर्दछन् ।

समितिका अध्यक्ष अधिकारीका अनुसार महाशिवरात्रिको अवसरमा घोराहीस्थित रणसिङ दलमा कार्यरत नेपाली सेनाको एक समुहले त्रिशुलको अगाडी सलामी समेत अर्पण गरेको थियो । महाशिवरात्रिको अवसरमा मन्दिरमा मेला पनि लाग्ने गर्दछ । पहिले शिवरात्रिको दिनमात्रै मेला लाग्ने गरेकोमा गतबर्षदेखि तीनसम्म मन्दिरमा मेला लाग्ने व्यवस्था गरिएको समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ ।

मन्दिरमा पूजापाठ तथा दर्शनार्थीहरुको सहभागीले हुन सक्ने भीडभाडलाई व्यवस्थीत गर्नका लागि नेपाली प्रहरी, ट्राफिक प्रहरीलगायत स्वयमसेवकहरु परिचलान गरिएको समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ । मन्दिरको परिसरमा, भाङ, धतुरोलगायत लागूपदार्थ निषेध गरिएको समितिले जनाएको छ । महाशिवरात्रिका अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीसहित जिल्लाका अन्य स्थानमा रहेका शिव मन्दिरहरुमा पूजापाठ तथा मेला लाग्ने गर्दछ ।

Blog Post Ad

Blog Post Ad Blog Post Ad