Ad Area

राईजिङ स्टार र साहारा तेस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधी होडमा


तुलसीपुर, २६ फागुन । राईजिङ स्टार फुटबल घोराही र साहारा फुटबल क्लब लखनउ सर्वाधिक पुरस्कार राशीको तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० को उपाधिका लागि भिड्ने भएका छन ।

हिरा डागी फाउन्डेसन तुलसीपुरको आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा साविक उपबिजेता टरिगाउ युवा क्लब तुलसीपुरलाई सुन्यका विरुद्ध एक गोलले पराजित गर्दै साहारा फुटबल क्लब लखनउले फाईनलमा राइजिङ स्टारसंगको उपाधी भिड्न्त पक्का गरेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसीपुरमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको पहिलो हाफ्को २९ औ मिनेटमा साहाराका जर्सी न १८ का निरन्जन शाहीले गरेको गोलनै निर्णायक गोल सावित भयो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने साहाराका जर्सी न १० का हरि कठायत म्यान अफ द म्याच घोषित भए ।

यसैबिच प्रतियोगिताको फाईनल खेल आइतबार दिउँसो १ बजेदेखि सुरु हुने फाउन्डेसनका अध्यक्ष पोखरसिह डाँगीले जानकारी दिएका छन । उपाधी होडमा रहेका दुबै टिममा सशक्त र शानदार खेल प्रदर्शन गर्ने खेलाडीहरुको वर्जश्व रहेकाले फाईनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएकोछ ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पुयाउने उद्देश्यका साथ संचालित प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक ििप्रती बहादुर गिरि प्रेसले जानकारी दिए ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिनेछ ।
यसैबिच आईतवार दिउँसो हुने फाइनल तथा समापन समारोहमा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दिर्घ बहादुर केसी कुमार आउने कार्यक्रम रहेको फाउन्डेसनले जानकारी दिएको छ । साथै फाउन्डेसनले कार्यक्रममा उपस्थितिका लागि खेलप्रेमी,खेलाडी, सहयोगीदादा,पत्रकार,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,नागरिक समाज लगाएत सबैमा अनुरोध गरेको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad