देशव्यापी महिलावादी अनुपम अभियान आज दाङ आउदै

घोराही, ६ चैत ।
सुदुरपश्चिमबाट सुरु भएको महिलावादी बस यात्रा आज दाङ आइपुग्ने भएको छ । देशव्यापी महिलावादी अनुपम अभियान आज दाङ आइपुग्ने भएको हो ।
अन्तर–पुस्ता महिलावादी मञ्चको आयोजनामा सुरु भएको देशव्यापी महिलावादी अनुपम अभियान आज मंगलवार दिउसो घोराही आईपुग्ने र कार्यक्रम गर्नेस्थानीय व्यवस्थापन गरेको नेपाल महिला सामुदायिक सेवा केन्द्रले जानकारी दिएको छ । अभियानको कञ्चनपुरबाट सुरु भएको अभियान बर्दिया, बाँकेमा कार्यक्रम गर्दै दाङ आउने छ ।
न्यायीक र समतामुलक समाज बनाउन टेवा पु¥याउने, पछाडी पारिएका समुदाय र महिलाहश्रकाृ आवाज बुलन्द गर्दै उनीहरुलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमीकामा पु¥याउने र आत्मसम्मान एवं आत्मनिर्भता बढाउने उद्धेश्यकासाथ सुरु गरिएको अनुपम अभियानले मंगलवार आज दिउसो ३ बजे तुलसीपुर चोकमा विविध कार्यक्रम हुने अभियानका सदस्य एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो ।
साथै उहाँले दिउसो ३ बजे घोराहीको तुलसीपुर चोकमा हुने कार्यक्रममा सहभागी हुन सम्पूर्ण राजनितिक दलका महिला नेतृत्वहरु, जनप्रतिनिधीहरु, सामाजिक संघसंस्था, महिला अधिकारकर्मीहरु एवं महिलाको क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यक्ती तथा संघसंस्थाहरु, पत्रकारहरु लगायत सबैमा अनुरोध गर्नुभएको छ ।