Ad Area

बोटानिकल गार्डेन निर्माणप्रति उपकुलपतिको चासो


दाङ, ८ चैत । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवप्रकाश लामिछानेले निर्माणाधीन बोटानिकल गार्डेनको अनुगमन गर्नुभएको छ । विश्वविद्यालयले १८ विगाहा क्षेत्रफलमा निर्माण गर्न थालेको बोटानिकल गार्डेनको निर्माणप्रति चासो व्यक्त गर्दै उपकुलपति लामिछानेले बिहीबार अनुगमन गर्नुभएको हो ।

बोटानिकल गार्डेनको निर्माणको जिम्मा प्रेमधन जेभीले पाएको छ । ७ करोड ४१ लाख १२ हजार ७१ रुपैँयामा निर्माण ठेक्का लिएको जेभीले २ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । निर्माणको अवस्था बुझ्न पुग्नुभएका उपकुलपति प्रा।डा। लामिछानेले निर्माण कार्य रोकिएकोप्रति चासो व्यक्त गर्नुभएको छ ।

विश्वविद्यालयका सहप्रशासक सुरजकुमार लामा, उपप्रशासकद्वय विनयकुमार पोखरेल, प्रदिप गौतम, उपलेखा नियन्त्रक रमेश भण्डारीसहित निर्माण स्थल पुग्नुभएका उपकुलपति प्रा।डा। लामिछानेले समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । यसैबीच अनुगमन टोलीले रत्न उद्यानको पनि अनुगमन गरेको छ । रत्न उद्यानमा निर्माण भइरहेको डीप बोरिङलगायतका संरचनाको बारेमा उपकुलपति प्रा।डा। लामिछानेले चासो व्यक्त गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad