Ad Area

होटल दाङ फन भ्यालीमा होली विशेष सास्कृतिक कार्यक्रम हुने


घोराही,९ चैत । होली पर्वको अवसरमा होटल दाङ फन भ्यालीले विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । होली पर्वको अवसरमा यही चैत १२ गतेका दिन घोराही उपमहानगरपालिका–१० दक्षिण अमराहीमा राष्ट्रियस्तरका कलाकारहरुको विशेष उपस्थितीमा होली विशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको होटलका अध्यक्ष मिनराज घिमिरेले जानकारी दिएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर होली पर्वको धार्मिक, सांस्कृतिक महत्वलाई संरक्षण गर्न तथा पर्वलाई मनोरन्जनात्मक बनाउनका लागि विगतका बर्षहरु जस्तै यो बर्ष पनि कार्यक्रमको आयोजना गरिएको जानकारी अधयक्ष घिमिरेले दिएका हुन । अध्यक्ष घिमिरेले भने,‘परम्परागत लोकसंस्कृति जोगाउन र पर्वलाई पूर्ण मनोरन्जनात्मक बनाउन हामीले चैत १२ गते राष्ट्रियस्तरका कलाकार दाङमा ल्याउँदैछौँ, यसले पर्वलाई सदभावपूर्ण रुपमा मनाउने कोशिस हो भने अर्कोतिर हाम्रा ग्राहक पाहुनाहरुलाई मनोरन्जन पनि दिनख खोजेका छौँ ।’

सुविधा सम्पन्न होटलमा होली विशेष कार्यक्रमका साथै खानपान तथा मनोरन्जनसमेत गर्न सकिने भएको छ । यसका लागि प्रतिव्यक्ति ३ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको अध्यक्ष घिमिरेले बताए । उक्त टिकटले दिनभर स्वीमीङ गर्नुका साथै कलाकारहरुको सांगितीक प्रस्तुती हेर्न सकिनेछ । उक्त दिन होटलबाट प्रदान गरिने सेवामा ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरिएको छ ।

होटल परिसरमा सुरक्षा व्यवस्था पनि बलियो बनाईएकाले पूर्ण पारिवारिक वातावरणमा होली पर्व मनाउनका लागि होटल दाङ फन भ्यालीले अवसर सिर्जना गरेको होटल संचालक एवम् प्रबन्धक नरेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार उक्त दिन काठमाडौबाट ६ जना कलाकार र डिजेसहितको विशेष सांगितिक प्रस्तुति रहने भएको छ । होटल दाङ फन भ्यालीमा होटल सेवासँगै सबै उमेर समुहका लागि स्वीमीङ पुल, बालबालिकाहरुका लागि उद्यान, एअरक्राफ्ट डेमो, रेष्टुरेण्टसँगै शान्त र पारिवारिक वातावरणमा बालबालिकाहरुको मनोरन्जनका लागि खेल सामग्री पनि उपलब्ध रहेको प्रबन्धक श्रेष्ठले बताए । पाँच बर्षअघि सञ्चालनमा आएको होटल दाङ फन भ्यालीले विगत तीन बर्षदेखि प्रत्येक बर्षको होली र नयाँ बर्षमा विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad