Ad Area

नेपाली कांग्रेस क्षेत्र नं.२ (क) दोश्रो सम्मेलनको तयारीका लागि छलफल


घोराही,१५ चैत । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्वर २(क)ले दोश्रो सम्मेलनको तयारीका लागि छलफल गरेको छ । क्षेत्र नं २ (क)का सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा पार्टीका नेता तथा विभिनन भाृत तथा शुभेच्छुक संघसस्थाहरुको समन्वयमा विहीवार घोराहीमा छलफल गरेको हो ।

नेपाली कांग्रेस क्षेत्र नं. २ (क) को यहि चैत १७ गते घोराहीमा दोश्रो सम्मेलन हुँदैछ । उक्त सम्मेलनलाई व्यवस्थीत एवं भव्य रुपमा सम्पन्न गर्नका लागि प्रदेशसभा कार्यसमितिले प्रदेशसभा अन्तर्गतका इकाई सभापतिहरु, वडा सभापतिहरु, भातृसघसस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायतको उपस्थीतिमा छलफल गरेको थियो ।

छलफलमा नेपाल महिला संघ जिल्ला अध्यक्ष अध्यक्ष गोमा रावत, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष कुलराज पोख्रेल, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाली कांग्रेस घोराही वडा नं. १८ का सभापति केशरबहादुर रावत, घोराही १४ का सभापति टेकबहादुर बुढाथोकी, घोराही १५ का सभापति सुनिल देवकोटा, महेन्द्र बुहुमुखी क्याम्पस स्ववियु सभापति मनोज डाँगी, नेपाल तरुण दल घोराही नगर कार्यवाहक अध्यक्ष दिपेश घर्ती, नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ सभापति
समीर केसी, नेपाल महिला सघ घोराही नगर अध्यक्ष द्रोपता न्र्यापानेलगायतले सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव शिशिर अधिकारीले गरेका थिए ।