Ad Area

१४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : जस्मिन र कमललाई रजत पदक


घोराही, ७ वैशाख । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो खेलाडी जस्मिन चौधरी र कमल खड्काले रजत पदक जितेका छन् ।

बागमती प्रदेशको ललितपुर जिल्ला सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दो तर्फको खेलमा जस्मिन र कमलले लुम्बिनी प्रदेशलाई रजत पदक दिलाउन सफल भएका हुन ।

घोराही उपमहानगरपालिका–१४ स्थीत अल्फा तेक्वान्दो डोजाङका खेलाडी समेत रहेका जस्मिन र कमलले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गदै १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगितामा जस्मिनले ५१ केजी तौल समूह र कमलले ४८ केजी तौल समूहमा प्रतिष्पर्धा गर्दै रजत पदक दिलाउन सफल भएका हुन ।

१४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दाङका तीनसहित लुम्बिनी प्रदेशबाट १२ जना तेक्वान्दो खेलाडीहरु सहभागी भएका थिए । उनीहरुमध्ये ५ जनाले रजत र ३ जनाले काश्य पदक जितेका थिए । प्रतियोगिता वैशाखको ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको थियो ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad