Ad Area

दाङ क्षेत्र नं. ३ को सभापतिमा खड्का विजयी


दाङ,८ मंसिर । नेपाली कांग्रेसले १४ औँ महाधिबेशन अन्तरगत दाङमा क्षेत्र नं. ३ को संघीय सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् ।

निर्वाचित खड्काले ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षधरका सुरेन्द्र खड्काले ३ सय ११ मत प्राप्त गरेका छन् । खड्काले सुरेन्द्र खड्का भन्दा १ सय २७ मत बढी प्राप्त गरेका छन् । त्यस्तै एकल उम्मेदवार किरण बहादुर शाहले भने ६८ मत मात्रै प्राप्त गरेका छन् ।

त्यस्तै सचिव पदमा खड्का प्यालनका सोभाखर सापकोटाले ४ सय ६० र पुर्णबहादुर खत्रीले ४ सय १६ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनीहरुका प्रतिस्पर्धीहरु रवि बुढाथोकीले ३ सय ३५ र भेषराज डाँगीले ३ सय ५ मत प्राप्त गरेका थिए । त्यस्तै सह–सचिव पदमा भिमकान्त भट्राईले ४ सय ४८ र डेफुलाल चौधरी ४३८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनीहरुका प्रतिस्पर्धी भुपबहादुर केसीले ३ सय ७३ र तनुजसिंह वलीले २ सय ६४ मत प्राप्त गरेका थिए ।

संस्थापन इतरका खड्काको प्यानल नै निर्वाचित भएको छ । दाङको निर्वाचन क्षेत्र नं.३ मा कुल ८ सय ४७ मतदाता मध्य ८ सय ४४ जनाले मतदान गरेका थिए ।

Blog Post Ad Blog Post Ad