मस्यौदा समितिमा किसानको प्रतिनिधित्व हुनुपर्ने माग

दाङ,१८ बैशाख । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले सरकारले गठन गरेको मस्यौदा समितिमा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले गठन गरेको मस्यौदा समितिमा किसानको तर्फबाट एक जना प्रतिनिधित्व हुनुपर्ने माग गरेको हो । साथै मस्यौदा समितिलाई कार्य सम्पादनका लागि दिइएको ६० दिनको समय अवधि बढी भएको भन्दै अविलम्व मस्यौदा तयार गर्नुपर्ने र स्वर्गद्वारी आश्रम विशेष प्रकृतिको निजी गुठी भएकाले नयाँ गुठी विधेयकमा छुट्टै परिच्छेदको गरिनुपर्ने संघर्ष समितिले माग गरेको संघर्ष समितिका सचिव प्रविन चौधरीले जानकारी दिनुभएको छ ।
संघर्ष समितिले उठाएका माग पुरा गराउनका लागि शान्तिपूर्ण दवाबमुलक कार्यक्रमहरु समेत गर्ने सचिव चौधरीले बताउँनुभयो । उहाँले भन्नुभयो,‘सरकारले मस्यौदा समिति गठन गरेकोमा धन्यावाद दिन चाहान्छौ । तर समितिमा किसानको तर्फबाट प्रतिनिधित्व नभएकाले आफुहरुलाई आशंका लागेको भन्दै उक्त समितिमा किसानको प्रतिनिधित्व हुनुपर्छ ।’ दबाफ मुलुक कार्यक्रमअन्तर्गत संघर्ष समितिले वैशाख २० गते मोही किसानहरुको सहभागीतामा लमहीमा जम्मा भइ ¥यालीसहित स्वर्गद्वारी आश्रम वनगाँउमा ज्ञापनपत्र बुझाउने र त्यही कोणसभा गर्ने, वैशाख २४ र २५ गते घोराहीमा गुठी पीडित मोही किसानहरुको राष्ट्रिय सम्मेलन गर्ने, दाङ र काठमाडौं केन्द्रीत चरणबद्ध दबाफका कार्यक्रम गर्ने समितिले पत्रकार सम्मेलन गरेर कार्यक्रमका बारेमा जानकारी दिनुभएको हो ।
स्वर्गद्वारी आश्रमको जग्गा पाउनुपर्ने भन्दै मोही पीडित किसानले गत चैतको ८ गतेदेखि बैशाखको ६ गतेसम्म जिल्ला प्रशासन कार्यालय दाङको गेटमा धर्ना दिएका थिए । धर्ना दिएपछि सरकार र संघर्ष समितिकाविचमा बार्ता भएपछि गुठी पीडित मोही किसानका समस्या समाधानका लागि समिति बनउने, स्वर्गद्वारी आश्रमको जग्गाको लगत संकलन गर्नेलगायतका समिति भएका थिए । संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीको अध्यक्षतामा भएको पत्रकार सममेलन सचिव प्रविन चौधरीले गरेका थिए।