Ad Area

पूर्वप्रधानमन्त्री माधव नेपाल दाङ आउदै


दाङ,९ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपाल दाङ आउने भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टी दाङले यहि मंसिर १२ गते तुलसीपुरमा गर्न थालेको जिल्ला भेलालाई सम्वोधन गर्न दाङ पार्टी अध्यक्ष नेपाल दाङ आउन थालेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि बेलबासेले जानकारी दिएका छन् ।

उनका अनुसार दाङ आउन थालेका नेपालले भेलालाई सम्वोधन गर्ने भएको छन् । भेलालाई सफल बनाउनका लागी विहिवार जिल्लाका दश वटै पालिकामा बैठक बस्ने र १० गते शुक्रवार जनसंगठनको बैठक बस्ने तयारी रहेको एकीककृत समाजवादीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad