Ad Area

राप्रपा अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी


काठमाडौ,९ मंसिर । राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष र नेता धवल शम्शेर राणाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले उम्मेदवारी घोषणा गरेका हुन । अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा प्रकाशचन्द्र लोहनीले पार्टीको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए ।

उनले आफु अध्यक्ष बने पार्टीको परम्परागत गुट अन्त्य गर्ने समेत बताए । कार्यक्रममा अर्का नेता धवलशम्शेरले पार्टीको महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । उनले पार्टीमा नयाँ अभ्यासको सुरुवात गर्नको लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका बताएका थिए ।

राप्रपाको आगामी महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौती दिने गरी नेताद्वय लिङ्देन राणाले अध्यक्ष र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Blog Post Ad Blog Post Ad