Ad Area

आन्तरिक पर्यटनको आकर्षण बनेको ‘जखेरा’


दाङ, ९ मंसिर । लमही बजारदेखि झण्डै ५ किलोमिटर पूर्व–उत्तर क्षेत्रमा जखेरा ताल छ । तालको बीचमा मन्दिर छ । त्यही ताल पछिल्लो समय पर्यटकको लागि आकर्षणको स्थल बन्दै गएको छ । पिक्निक खानको लागि वा घुम्नको लागि त्यो आन्तरिक वा बाह्य पर्यटकको लागि च्वाइसमा पर्ने गरेको छ ।

आकर्षक पोखरी, बीचमा रहेको शिव र गणेशका छुट्टाछुट्टै मन्दिरमा पुजापाठसँगै पिक्निकका लागि पछिल्लो समय जखेरा आकर्षकको केन्द्र बन्दै गएको स्थानीयको अनुभव छ । लमही नगरपालिका–३ जखेरा निवासी ओमभगत चौधरीको दैनिकी जखेरा तालमा बित्ने गरेको छ । जखेरा तालमा डुंगा चालकका रुपमा कार्यरत चौधरीले तालको संरक्षणको समेत काम गर्दै आएका छन् । ‘सानो पोखरीका रुपमा रहेको ताललाई ठूलो बनाएर डुंगा राखेदेखि नै म यहाँ डुुंगा चालकका रुपमा काम गर्दैछु’, चौधरीले भने– ‘धार्मिक तथा पर्यटकीयस्थलका रुपमा रहेको तालमा डुंगा चलाउँदा सन्तुष्ट नै छु ।’

तालमा डुंगा चलाउने उनी एक्ला माझी भने होइनन् । जखेरा तालमा तीन वटा डुंगाहरु रहेका छन् । तीन वटा डुंगाका लागि तीनजना माझीहरु रहेका छन् । तर अन्य माझीहरु भने मानिसहरुको चहल–पहल भएमा आउने गर्दछ । तर ओमभगत भने दैनिक आउने गरेको उनले बताए । ‘तालमा तीन वटा डुंगाहरु रहेका छन्, जसमा छुट्टाछुट्टै चलाउने व्यक्तिहरु समेत हुनुहन्छ’, उनले भने– ‘तर अन्य व्यक्तिहरु सधै आउनु्हँुदैन । म भने सधै आउने गरेको छु ।’ पछिल्लो समय आधुनिक डुगा समेत जखेरामा चलाउन थालिएको छ । जसले गर्दा सहजता भएको उनले बताए ।

देउखुरीकै अन्य ठाउँमा रहेका धार्मिक तथा पर्यटकीयस्थलहरु जखेराको तुलनामा धेरै अघि बढिसकेको उनी बताउँछन् । ‘सानो अजमरी बोटहरुले ढाकेको पोखरीलाई विस्तार गरेर समुदायबाटै डुंगा चलाउने बनायौं । अहिले विस्तारै विकास भैरहेको छ’, उनले भने– ‘जसले गर्दा देउखुरीमा पर्यटकीय विकासको राम्रो सम्भावना बढ्दै गएको छ ।’ उनका अनुसार तालको बिस्तारसँगै मानिसहरुको चहल–पहल हुने ठाउँतिर रेलिङ, पिक्निकका लागि घर र खानेपानी धारा, व्यवस्थित पार्क निर्माणसँगै तालमा जलविहार गर्नका लागि स्टिमरको व्यवस्था गरिएको छ ।

करिब तीन बिगाहा क्षेत्रफलमा फैलिएको जखेरामा जलविहार गर्नका लागिसमेत उपयुक्त रहेको उनी बताउँछन् । जखेरामा जिल्लाका विभिन्न ठाउँहरुसँगै कपिलवस्तु, प्युठान, रोल्पा, बाँके, बर्दियालगायत जिल्लाका विभिन्न ठाउँहरुबाट समेत मानिसहरु घुम्न आउने गरेको बताए

 

Blog Post Ad
Blog Post Ad Blog Post Ad