Ad Area

समाजमा हुने विकृति रोक्न सचेतना आवश्यक : अध्यक्ष बुढाथोकी


देउखुरी, १५ जेठ । राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले समाजमा बिद्यमान विकृति रोक्न विद्यार्थीहरुले टोल टोलमा सचेतना जगाउन जरुरी रहेको वताएका छन् ।
वालश्रम, वालविवाह न्युनिकरण अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले बालविवाह र वालश्रम रोक्नका लागि सवै जिम्मेवार बन्नुपर्ने बताएका हुन । अध्यक्ष बुढाथोकीले जबसम्म हरेक नागरिक शिक्षित हुदैन तवसम्म जनताले चाहेको जस्तो विकास र परिवर्तन सम्भव नभएको भन्दै परिवर्तनका लागि चेतना आवश्यक रहेको बताएका हुन ।

राजपुर गाउँपालिकाले शिक्षामा ठुलो लगानी गरेको बताउँदै वालवालिकालाई निशुल्क शिक्षाको ब्यवस्था गरेकाले सवै बालबालिकालाई शिक्षाको पहँुचमा ल्याउनुपर्ने बताएका हुन । राज्यले निशुल्क शिक्षा ग्यारेन्टी गरेको हुदा राजपुर गाउँपालिकाले यो ब्यवस्था लागू गरेको अध्यक्ष बुढाथोकीले वताए ।

त्यस्तै राजपुरगाउँपालिका उपाध्यक्ष धनपति यादवले वालविवाह जबसम्म रोक्न सकिँदैन तबसम्म आर्थिक, सामाजिक परिवर्तन सम्भव नभएको बताउँदै पालिका बालबालिकाको सवालमा सधैं सचेत भएको बताइन । त्यही भएर गाउँपालिकाले बालमैत्री कार्यक्रमहरुमा जोड दिएको बताएकी थिइन ।

सोमवारदेखि सुरु भएको कार्यक्रममा राजपुर गाउँपालिकाका विभिन्न ८ विद्यालयमा वालश्रम, वालविवाह न्युनिकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ । राजगुरगाउपालिकाका अध्यक्ष शरद बुढाथोकी अध्यक्षता तथा उपाध्यक्ष धनपति यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण दुर्गाप्रसाद यादवले गरेका थिए ।

Blog Post Ad Blog Post Ad